Friday, 8 July 2016

॥ खोज साथी ॥


खोज साथी अबत खोज
वर्तमान बचाउन छ भने
ईतिहास का पाता खोज
नत्र वर्तमान,भविष्य अभरमा छ ।
नांगो खुकुरी को धारनी खोज
पुर्खाको बलिदान को हिसाब खोज ,
सीमा का प्रहरी को कुरा हैन
सीमाना भित्र गरेको त्याग खोज ।
नत्र अभर आउदै छनी माहा
आउदैछ अन्धकार भविष्य हाम्रो
चल्दै छ परिकल्पना लखेटने
जनहत्या कारी निष्ठुर शासक को ।
तिमि आफै हेरी बिचार गर, ,
शासक का काखा पाखाको नीति
गर विचार साथी तो कुविचार को
अनि शोसन कि निरंकुश प्राहार हेर ।
निर्लज्ज नेतृत्व को,,,,
निरस रचना को, ,
वैश्या को नांगो नाच हेर, ,
जन अधिकार को सीमा भाचेर ,
जब भंगेर टाउके लखुबा को
कालो अहम मिथ्या ले, ,,
मेरा प्रतेक वीर लाई, ,
जाली झुठ ले ल्लकारी पठाउछ, ,
मेरो बलिदान को हिसाब
जब कागज को चिर्कटोमा लगाउछ, ,,
के हुन्न तिम्रा रक्त शिखा, ,
जरजर मतमत क्रोध ले?
अनि हुन्छ भने किन? ,,,,
किन चुपचाप छेउ तिमि साथी,
अब चुपचाप बसने हैन साथी
तैयार भै बस एक प्रलय को लागी, ,
नांगो सिरोपाते टलकाउन को लागी ।
जाग अबत जाग हे प्रतापी
समय बिकट आउदैछ काख साथी,
अब अस्तित्व को लडाई लड़नछ,
भंगेर टाउके को मिथ्या चुड़ाउन छ ।
अब हुरीमा पनि आगो सल्काउन छ,
व्यभिचारी यो व्यस्तता लाई
झुते किरा फटेंरा झुण्डलाई
के हो गोर्खा जताई बताउन छ ।

जय गोर्खा
जय हिन्द
जयतु जननी असम
*(जान्दीन होला तर सिखन छोडदिन )
॥रजत भारद्वाज ॥
14 June at 06:04

No comments:

Post a Comment

परिचय

गोर्खा दर्पण छाया

गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा साहित्य, समाचार लगायत अन्य अनेको समसामयिक...