Thursday, 16 January 2020

गोर्खाका लागि गर्वको कुरा होइन र....?

गोर्खाका लागि गर्वको कुरा होइन र....?

       सन् २००२मा मैले Ramkrishna Mission Vivekanand  Culteral Centre,Shillong का लागि स्वामी विवेकानन्दको विशालकाय तैलचित्र मेरो कल्पनाले सृजित दृश्यसँग मिलाएर चित्रांकित गरेको थिएँ|यस तैलचित्रमा पहाडमा फुल्ने गोर्खाको प्रतीक "गुराँस"लाई पनि मैले प्रश्रय दिएको छु|यो तैलचित्र अहिले पनि उक्त सांकृतिक केन्द्रमा सजिएको छ तर गोर्खाको कुनै पनि संग्रहालयमा मेरा तैलचित्रहरू सजिएका छैनन् --दार्जीलिंगको "गोर्खा दुृ़:ख निवारक सम्मेलन" छाडेर|उक्त सम्मेलनलाई मैले सन् १९९९ मा शिलांग र दार्जीलिंगमाझ मैत्रीसम्बन्ध बलियो एवम् मधुर होस् भन्ने सम्झनामा कवि अगमसिंह गिरीको तैलचित्र शिलांगमा चित्रांकित गरेर शिलांगबाट दार्जीलिंग पुगीकन प्रदान गरेको थिएँ| त्यसपछि म दार्जीलिंग अझसम्म पुगेको छैन |नपुगेको पनि २० वर्ष हुन लागिरहेछ|२० वर्षको अन्तरालले यो विश्वमा धेरै परिवर्तन ल्याउँछ|
        दार्जीलिंगमा पनि ल्यायो|सुवास घिसिंगपछि "गोर्खाल्याण्ड"-लाई लिएर आन्दोलन भयो त्यहाँ विमल गुरुंगको नेतृत्वमा|धेरै गोर्खा सपुतहरू मारिए तर उपलब्धि केही भएन|उपलब्धि केही भयो भने, विमल गुरुंग गुप्तवास बसेर विश्राम लिने उपलब्धि|विनय तामांग विमल गुरुंगलाई धोका दिएर ममताको पछ्यौरी समात्ने उपलब्धि|राजु विष्ट सांसद भएर बीजेपीको गुगान गाउने उपलब्धि|यी उपलब्धिमा परिवर्तनका धेरै कथाहरू लेखिएपछि म भन्न सक्तिनँ--अहिले "गोर्खा दु:ख निवारक सम्मेलन",  दार्जीलिंगमा अगमसिंह गिरीको तैलचित्र सजिएको छ कि छैन?
     शिलांगको  Ramkrishna Mission Vivekanand Culteral Centre मा भने मद्वारा चित्रांकित तैलचित्र सजिएको छ स्वामी विवेकानन्दको रूपमा|यसबारे शिलांगका धेरै गोर्खाहरूलाई थाहा छैन|थाहा राख्ने रुचि पनि छैन गोर्खाहरूलाई "गुखा" छाडेर |जसलाई थाहा छ, उनीहरूबीच धेरैले मसँग नाक खुम्चाउँछन्|उपर्युक्त कुराहरूको पुष्टि म यसरी दिन्छु--
     उल्लिखित "विवेकानन्द सांस्कृत केन्द्र"-मा मद्वारा चित्रांकित स्वामी विवेकानन्दको तैलचित्र सजिएको आज १७ वर्ष भयो|उक्त तैलचित्र उक्त सांस्कृति केन्द्रको  शभागृहको रंगमंचमा सुशोभित छ|प्रत्येक वर्ष स्वामी विवेकानन्दको जयन्ती मनाउँदा रंगमंचमा शिलांगका विभिन्न समुदाय (विशेष विद्यार्थीहरू)-का युवावर्गले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेगर्छन् शिलांगको "रामकृष्ण मिशन"-को तत्वावधानमा |यस कार्यक्रमलाई शिलांगबाट प्रकाशित हुने इंगलिश दैनिक समाचारपत्र "The Shillong Times"-ले जहिले पनि आफ्नो Front page मा ठाउँ दिनेगर्छ,जुन कार्यक्रमको फोटोमा यो क्षुद्र चित्रकारद्वारा चित्रांकित स्वामी विवेकानन्दको तैलचित्र परिलक्षित हुनेगर्छ|
     यहाँ तपाईँहरूलाई जानकारी दिऊँ--The Shillong Times शिलांगका धेरैजसो गोर्खाहरूले पढ्छन्|पढेलेखेका,मास्टर डिग्री लिएका ,पीएचडी गरेका गोर्खाहरूले त्यसै पनि पढ्नेभए|उनीहरूले पढ्दा स्वामी विवेकानन्दको तैलचित्र निश्चय पनि देखेको हुनुपर्छ तर यतिका १७ वर्षभित्र अझसम्म शिलांगका एकजना गोर्खे(म जन्मेको गाउँकोले पनि)-ले मलाई भनेको छैन--"तपाईँले बनाउनुभएको स्वामी विवेकानन्दको प्यान्टिंग The Shillong Times मा छापिएको थियो|देखेँ|"
    वास्तवमा भन्ने हो भने, गोर्खेले उक्त तैलचित्र देखेर गर्व गर्नुपर्ने हो|यस्तो किन लेखेँ भने, बंगाली समाज गोर्खाली समाजभन्दा कुनै पनि क्षेत्रमा अरूका स्वार्थका लागि लड्ने बाहेक अगाडि छ|स्पष्ट छ--शिलांगका बंगाली समाज पनि शिलांगका गोर्खा समाजभन्दा कुनै पनि क्षेत्रमा अगाडि छ|मभन्दा चित्रकलामा  डिग्री लिएका दक्ष चित्रकारहरू शिलांगको बंगाली समाजमा छन् र पनि यो गोर्खे चित्रकार, जसले चित्रकलामा कुनै डिग्री लिएको छैन,पल्टनमा भर्ती नभएसम्म रंग र ब्रुस किन्न सकेन, लाई स्वामी विवेकानन्दको तैलचित्र चित्रांकित गर्ने कुरामा "रामकृष्ण मिशन",शिलांगले शिलांगको बंगाली समाजबाट बंगाली चित्रकार चयन नगरी चयन गर्नु गोर्खाका लागि गर्वको कुरा होइन र?गर्व तब गरिँदो रहेछ, जब कलाको महत्व बुझ्ने समाज हुनुपर्छ तर गोर्खे समाज कलाको सन्दर्भमा पछाडि |"गुखा"-को सन्दर्भमा अगाडि छ अनि त केको भनोस्--"तपाईँको प्यान्टिंग शिलांग टाएम्समा छापिएको देखेँ? "
    तर अरू समाज भने सचेत छ|यसबारे कुरा यो हो--
    हाम्रो घर "The Shillong Times"-को नित्य ग्राहक हो |म सधैँ बिहान उक्त समाचारपत्र पढ्ने गर्छु  तर मैले सातादिनबाट "The Shillong Times" पढ्न छाडेको थिएँ केही काममा अल्झिने हुँदा|हिजो हो १५ जनवरी माघे संक्रान्तिको दिन मलाई भेट्न भनेर शिलांगको रेलबुंगमा बस्ने Bolen Rai मेरो सानो कोठामा आएका थिए|उनीसँग मेरो परिचय दुई वर्ष अगाडि दीया भाञ्जीको माध्यमबाट मेरै कोठामा भएको थियो|उनी बिहारी हुन् |चित्रकलामा रुचि|यही विषय लिएर उनले Army School ,शिलांगमा शिक्षक छन्|उनी मलाई भेट्न आएका कारण के थियो भने, मलाई बधाई दिन|बधाई दिने कारण --१३ जनवरी सोमबारको "The Shillong Times" अंकमा वर्णित तैलचित्र छिपिएकोमा.... छापिएकोमा|यो कुरा उनले मलाई जनाए... जनाए... 
      -विक्रमवीर थापा... 
           ------@@@----
(यो लेखसँग सम्बन्धित फोटोहरू|बिरालो र काले कुकुरलाई लिएर खिचिएको मेरो ताजा फोटो| हाम्रा मान्छेहरूले कलामा रुचि राख्दैनन्|बिरालो र कुकुरले रुचि राख्छन् कि भनेर The shillong Times बिरालो र कुकुरलाई देखाएको|Bolen Rai को फोटो हाल्न सकिनँ कारण हिजो उनी मकहाँ आउँदा मेरो मोबाइल चार्ज नभएर बन्द थियो|बिजुली बत्ती पनि थिएन|जेहोस्,म Bolen Rai प्रति आभार व्यक्त गर्दछु जनाएकोमा--"विक्रम")

No comments:

Post a Comment

परिचय

गोर्खा दर्पण छाया

गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा साहित्य, समाचार लगायत अन्य अनेको समसामयिक...