Showing posts with label स्वतंत्र विचार. Show all posts
Showing posts with label स्वतंत्र विचार. Show all posts

Thursday, 23 January 2020

आग्सु एकिकरणपछि ओझेलमा परेका नामहरु

 आग्सु एकिकरणपछि ओझेलमा परेका नामहरु


रजत भारद्वाज 

ढेकियाजुली


    २०१३ आग्सु गर्ने र आग्सु मन पराउने असमेली गोर्खाहरुको एक राम्रो दिन महिना जुलाई भानुभक्त आचार्यको जन्मदिनको दिन असमको गोवालपारा बाख्राखुट्टीमा आग्सुले नयाँ  अध्यायको रचना गर्यो।   त्यो समयका  सबैले सुनेको एक वाक्य “एक आग्सु” .  तर कसरि एक भयो आग्सु!  के ईच्छाले एक भएको थियो जातिय समस्यालाई बुझ्दै आग्सु !? भन्नेहरुले निक्कै कुरा भन्छन निक्कै नामहरु पनि हामीले त्यो बेलामा थाहा पाएको छौ।  एक दुई नाम चर्चामा पनि आए अनि अहिलेसम्म उनिहरुकै चर्चा छ आग्सु एकिकरणमा पहल चालने हरु भन्दै  । फेरी कसै  कसैले भन्छन एकीकरण कसैको जबरदस्ती ले भएको  हैन ,यो सम्पूर्ण जातिय हितलाई बुझ्दै भएको  हो आग्सु एकिकरण, तर प्रश्न आउछ के २०१३ सनअघि आग्सु गर्ने हरुलाई जात प्रति माया थिएन र? अनि अर्को कुरा आउछ आग्सु दुइभाग हुदा रहेका प्राय कार्यकर्ता त २०१३ को एकिकरण पछि #एक आग्सुको नेतृत्व बनेको थियो । अनि कसरि एक्कासी  उनि हरुमा जात मन पराउने प्रवित्ती जाग्यो  त हौ ?  के  ईच्छाले मात्रै  एकिकरण भएको  हो भन्न सकिन्छ ! तर यो कुरा पनि हैन भन्न सकिन्न चोतर्फ प्रयास चलेको हो एकिकरण को निमित्त निकै आग्सु कर्मकर्ता प्रतक्ष भएर  एकिकरणमा लागे जस्को प्रसंग  अहिले पनि निसकिदा उनिहरुको नाम चर्चामा आउछ तर कति प्राय नाम अज्ञात रहे ज्ञात भएर  पनि एकिकरणको प्रसंगमा त्यो समयका  दुई आग्सुका नेतृत्वले हामीले गराएको मिलाएको जत्तिनै भने तापनि १००% साचो कुरा चै हैन एकिकरण उनिहरुकै बलबुतामा भएको  भन्ने कुरा  , त्यो समयमा थियो कसैको दबाव जस्लाई प्रकाश गरा गएन  आफ्नो स्वत ईच्छाले भनौ या लोकलाजमा परिन्छ कि भन्ने डरले त्यो ठम्याउन  सकिन तर यति कुरा छै साचो हो एकिकरणमा एक अज्ञात जातिय सत्ताको सक्रिय भूमिका थियो ,, जसरि गहना बनाउन सुन मात्रै  भएर  हुदैन तेस्लाई जलाउनु पनि पर्छ यहां आग्सु सुन थियो भने तेस्लाई जलाएर एक आग्सु बनाउने तो आगोको भुमिका पनि उत्तिनै छ तर संसारले गहनालाई र सुनलाई महत्व दिएर त्यो आगो गन्तीमा  आएन अहिले पनि निकैलाई थाहा छैन एकिकरण कसरि भयो ? कसरि माने  ती  दुई आग्सु जो एक अर्कालाई देख्न पनि  सक्दैन थिए  ! कसरि बस्यो  संयुक्त सभा दुई सभापति को संचालनामा दुई आग्सुको बाट  एक आग्सु हुन कसरि आयो ३  सभापति उम्मीदवार को नाम ? ओझेलमा रहेका निकै प्रसंग अनि त्यसमा पनि लुकेका अज्ञात नाम को को थिए  अप्रत्यक्ष रूपमा काम गर्ने कुनै पदको स्वार्थ नराखी ,,,,!!!!!


२०१३ लोकसभा निर्वाचन को समय र त्यसको अघिबाट सामाजिक संजालमा सक्रीय एक नाम मन छेत्री (भरत छेत्री) घर  लखीमपुर जिल्ला, जस्ले लेखन थालेको थियो एकिकरण को कुरा।   त्यो समयमा अरुपनि निक्कै नामहरु थिए  एकिकरण को मुद्दा संजाल माध्यमबाट उठाउने ,, उता शिवसागर बाट प्रेम तामाङ्ग इच्छा राख्ने एकिकरण को निम्ति  निकै सभा समिति को पनि आह्वान भयो अभिवर्तन भए  तर एक भ्एन आग्सु ,,,,एक असफल पहल चलिरहेको थियो  ,,, तो समयमा  दुई सभापति भन्दा धेर ग्रुपको चर्चा भाष्कर पन्थी र जगदीश पन्थी  उदय लिम्बु  र वीरेन्द्र सुब्बा सबै तिर प्राय जिल्लामा दुईटा जिल्ला समिति तर एकिकरणको सफल थालनी गर्यो  शोणितपुर जिल्लाले कृष्ण राई र उमाचरण पोख्रेलको दुई सभापति भ्एको आग्सुको एकिकरण अधिवेशन २०१२को भानु जयन्तीमा सम्पन्न भगेको दुई महिना भित्र आफुलाई स्वतंत्र भनि घोषणा गर्दै एक आग्सु नहुनजेल सम्म कुनै समिति संग नबसने प्रस्ताव लिन्छ र एक वर्ष सम्म तेतिकै स्वतंत्र रुपमा सुनिल छेत्री र पुष्प पौडेलको नेतृत्वमा संचालित हुन्छ, शोणितपुर जिल्ला एकिकरण पनि केन्द्रीय एकिकरण को शंखनाद भन्न सकिन्छ एक प्रकारले , तो समय सम्ममा‌ आग्सु एकिकरण जोड़मा थियो जस्लाई हामीले २०१३पछि प्रेम तामाङ्ग ,भरत छेत्री, भाष्कर दाहाल ,जगदीश खनाल ,नन्दकिरात देवान ,केशव भण्डारी उदय लिम्बु वीरेन्द्र सुब्बा, कृष्ण भुजेल र आग्सु मन पराउने कर्मकर्ताहरुको अथक पहलमा भ्एको भनि जान्न थालिउ, कसैले मिलने  ईच्छा थियो र मत्तै मिलेको पनि भने तर ति अज्ञात नाममा कसैले ध्यान दिएन्न स्वीकृति दिएन्न कामको लागी जो धन्यवाद को पात्र बनेन्न र उनि हरुले पनि वाह वाही लुटने कुनै ईच्छा प्रकट गरेन्न तर आजको आग्सु हुनुमा तो आगोको भुमी छ थियो जो जान्नु जरुरी छ ।


गुवाहाटी को नेपाली मन्दिरमा भाष्कर दाहाल संग भेट गर्ने सभा गर्ने को थिए तपाईहरुले एकिकरण गराउनु पर्छ भन्ने ?  तिनसुकिया गै उदय लिम्बु संग भेटने ति तिनजाना मान्छे को थिए ? ठेलामारामा जगदीश खनाल संग भेटदै राति एक बजे सम्म एकिकरणमा तपाईको भुमीका रहोस अनि यो छिट्टै एकिकरण होस भन्ने को थिए ? २०१३मा आग्सुको प्राय जिल्ला सभापति मुलसचिव संग छुट्टै छुट्टै बैठक गर्नेहरु को थिए जुन समुह  अहिले या २०१३को एकिकरण पछि आग्सु मा छैन्न केन्द्रीय कुनै पद नलि बसेको छन के कसैलाई थाहा छ ?  

याहा लेखिएको कुरा र प्रसंगले उनिहरुले मत्तै एकिकरण गराको हुन भन्न खोजिएको त हैन प्रतक्ष रहने सबै जानाको योगदान छ २०१३को एकिकरणमा सायद सबैको नाम आटिएन हो छुट्टीएपनि होला तर अहिले पनि पर्दाको पछि नै रहि रहेका ति को थिए? एकिकरण को ६वर्ष पुगेको छ तर  काहाको थिए के नाम हो हामीले जान्नु जरुरी छ जान्ने ईच्छा हामिले राखिनौ । ति नामहरु थिए लाल बहादुर तामाङ्ग, लाल बहादुर सुब्बा, राजु बिष्ट, सुरज घिमिरे, यज्ञ बस्नेत ,  मुकुन्द भट्टराई ।

याहा कसैलाई खसानल या प्रचार गर्न यो लेख लेखिएको हैन तर पनि एक जातीय संस्थाको मजबूती चाहने ति कर्मठ जातीय शुभचिन्तकहरुको चर्चाहामीले गर्नु जरुरी छ जो पद प्रतिष्ठाको लागी हैन जातको स्वाभिमान को रक्षाको लागी सधै अग्रसर भै लागेको छन अरु अनेको नाम छ जो अहिले पनि अज्ञात छन जस्लाई हामीले जान्नु र चिन्नु जरुरी छ आवश्यक छ उनिहरुलाई धन्यवाद दिन जो उनिहरुले माग्दै मागेन , एति काम गरेर पनि लागेन्न आफै आफ्नो प्रचार गर्न एत्तिका दिन सम्म, हामीले पनि एकिकरणको लागी समय दिएको थिउ भन्दै ।  लाल बहादुर तामाङ्ग(उदालगुरी), लाल बहादुर सुब्बा(शोणितपुर), राजु बिष्ट(उदालगुरी) ,सुरज घिमिरे(बाक्सा), यज्ञ बस्नेत(चिराङ्ग) ,  मुकुन्द भट्टराई (कोक्राझार) मनोजकुमार गिरि(उदालगुरी)  सुनिएको नाम होलान चिन्छोउ पनि होला हामी एक सबै असमकै हुन जिउदो पनि छन तर अज्ञातवास मा छन आग्सु एकिकरण को प्रसंगमा जस्को प्रचार नाही उनिहरुले गरे नत तो समयमा उनिहरुलाई भेटने हरुले ।


अंत अझै अलग अलग दिशामा सहयोग दिने हरु छन हामीहरुको छेउ छाउमै छन जस्ले जातको लागी नामको लागी हैन आफ्नो सहभागिता देखाए उनिहरुलाई पनि खोजनु छ र धन्यवाद भन्नु छ ,,, प्रतिष्ठा पाउने होड़मा लागेको गोर्खा समाजमा तपाइ एकजाना हुनु हुन्छ जस्ले जातिय ईच्छा लाई ध्यान दियो ।

रजत भारद्वाज

ढेकियाजुली

Monday, 20 January 2020

AG web TV नियाली हेर्दा ,,,

AG web TV नियाली हेर्दा ,,,

असममा गोर्खाहरुको सामाजिक माध्यम संचारमा केहि नभ्एको हैन भारत भरिकै गोर्खाहरुको कुरालिएर पहिले आएको वीर गोर्खा होस या गोर्खा दर्पण पत्रीका होस गोर्खा ध्वनी लगायत गोर्खा live लगायत अन्य निक्कै सांचारमाध्यम अहिले हामी बिच उपलब्ध छन YouTube  या website अथवा Facebook मार्फत वर्तमान समयमा असमको इन्टरनेट चलाउने गोर्खाहरुले असम या भारतमा भ्एको गोर्खाहरुको सबै जानकारीहरु पाउछन समाचारको रुपमा यो सबै माध्यमहरुबाट । अरु निकै नाम हरु सुनिएको या प्रचारित भ्एको छैन हैन या अरु निकै यस प्रकारको पोर्टल हरु खोलिन्छन पनि होला जस्मा एक दुई साल अघि बाट युवा छात्र छात्राहरुको पहलमा एक web TV  खोलिएको छ जस्को नाम AG Web TV हो असमेली गोर्खा web TV जस्को संचालना महाविद्यालय र विश्वविद्यालयमा पढ़ाइ गर्दै गरेका हाम्रो समाजका केहि राम्रो सोचने युवाहरु छन एम कुमार रिजाल , प्रहलाद छेत्री ,बिपल्ब चमरिया मनोज राई लगायत कृष्ण पौड़ेल संग संगै अनेको नामहरु छन जो प्रकाश्य नभ्ए तापनि कार्यरत छन AG को माध्यम बाट शुद्ध समाचार र विचार गोर्खा समाजको अघि राख्न । असमको सबै कुना समेटेर आफ्नो नामको प्रकाश नगरे तापनि काममा निष्ठाको साथ काम गरेको बुनियाद मै आज AG web TV को Facebook page मा होस या YouTube चैनलमा होस यो नामलाई हेर्ने दर्शकको संख्या वृद्धि भ्एको छ ।
अलि अलि कतै आनुसांगिक कामहरु छोड़ीए तापनि आफ्नो कामलाई निरन्तरता दि रहेको छ जो राम्रो कुराहो गोर्खा समाजको लागी । गोर्खा समाजमा एसरीनै अरु नीकै युवाहरुले AG web TVबाट प्रेरणा पाउदै  सामाजिक संजाल माध्यमको सदुपयोग गरुन सबैको चाहना छ तर निरपेक्ष रहदै सठिक ठोस कुराहरु जनतामा प्रचारित गरेर एक क्रांति को माध्यम पनि web TV हरु बनिनु जरुरी छ किनकि गोर्खा समाजमा वर्तमान कतिपय कुराहरु प्रकाशित हुने गर्दैन्न डरले होस या त अन्य कुनै कारण होस जब सम्म जनतालाई web पेजहरुले सोचन बाध्य बनाउदैन प्रश्न गर्न बाध्य बनाउदैन तबको दिन सम्म सबै चिज copy paste जस्तै रहि रहने छन नया के छ र भन्ने जिज्ञासा सबैमा आउनु पर्छ आज के आउछ ? भन्ने प्रश्न रहनु पर्छ शोध र खोज हुनु पर्छ जनताको प्रतिनिधि भन्नेहरु सम्म जनताको प्रश्न र प्रतिनिधि हरुको उत्तर पुराउन सकेको हुनु पर्छ ।
अंत: AG web TV ले थालनी गरेर जुन तरीकाले आफुलाई अघि राख्दै छ साचो अर्थमा समाजको लागी राम्रो खबर हो यो र अझ अघि जादै नया नया तरिकाले जनता संग सोझो सम्पर्क यो web TVले बनाउन सक्षम होस हामी तेसैको कामना गर्दछौ ।


AGWebTV fb

Thursday, 16 January 2020

गोर्खाका लागि गर्वको कुरा होइन र....?

गोर्खाका लागि गर्वको कुरा होइन र....?

       सन् २००२मा मैले Ramkrishna Mission Vivekanand  Culteral Centre,Shillong का लागि स्वामी विवेकानन्दको विशालकाय तैलचित्र मेरो कल्पनाले सृजित दृश्यसँग मिलाएर चित्रांकित गरेको थिएँ|यस तैलचित्रमा पहाडमा फुल्ने गोर्खाको प्रतीक "गुराँस"लाई पनि मैले प्रश्रय दिएको छु|यो तैलचित्र अहिले पनि उक्त सांकृतिक केन्द्रमा सजिएको छ तर गोर्खाको कुनै पनि संग्रहालयमा मेरा तैलचित्रहरू सजिएका छैनन् --दार्जीलिंगको "गोर्खा दुृ़:ख निवारक सम्मेलन" छाडेर|उक्त सम्मेलनलाई मैले सन् १९९९ मा शिलांग र दार्जीलिंगमाझ मैत्रीसम्बन्ध बलियो एवम् मधुर होस् भन्ने सम्झनामा कवि अगमसिंह गिरीको तैलचित्र शिलांगमा चित्रांकित गरेर शिलांगबाट दार्जीलिंग पुगीकन प्रदान गरेको थिएँ| त्यसपछि म दार्जीलिंग अझसम्म पुगेको छैन |नपुगेको पनि २० वर्ष हुन लागिरहेछ|२० वर्षको अन्तरालले यो विश्वमा धेरै परिवर्तन ल्याउँछ|
        दार्जीलिंगमा पनि ल्यायो|सुवास घिसिंगपछि "गोर्खाल्याण्ड"-लाई लिएर आन्दोलन भयो त्यहाँ विमल गुरुंगको नेतृत्वमा|धेरै गोर्खा सपुतहरू मारिए तर उपलब्धि केही भएन|उपलब्धि केही भयो भने, विमल गुरुंग गुप्तवास बसेर विश्राम लिने उपलब्धि|विनय तामांग विमल गुरुंगलाई धोका दिएर ममताको पछ्यौरी समात्ने उपलब्धि|राजु विष्ट सांसद भएर बीजेपीको गुगान गाउने उपलब्धि|यी उपलब्धिमा परिवर्तनका धेरै कथाहरू लेखिएपछि म भन्न सक्तिनँ--अहिले "गोर्खा दु:ख निवारक सम्मेलन",  दार्जीलिंगमा अगमसिंह गिरीको तैलचित्र सजिएको छ कि छैन?
     शिलांगको  Ramkrishna Mission Vivekanand Culteral Centre मा भने मद्वारा चित्रांकित तैलचित्र सजिएको छ स्वामी विवेकानन्दको रूपमा|यसबारे शिलांगका धेरै गोर्खाहरूलाई थाहा छैन|थाहा राख्ने रुचि पनि छैन गोर्खाहरूलाई "गुखा" छाडेर |जसलाई थाहा छ, उनीहरूबीच धेरैले मसँग नाक खुम्चाउँछन्|उपर्युक्त कुराहरूको पुष्टि म यसरी दिन्छु--
     उल्लिखित "विवेकानन्द सांस्कृत केन्द्र"-मा मद्वारा चित्रांकित स्वामी विवेकानन्दको तैलचित्र सजिएको आज १७ वर्ष भयो|उक्त तैलचित्र उक्त सांस्कृति केन्द्रको  शभागृहको रंगमंचमा सुशोभित छ|प्रत्येक वर्ष स्वामी विवेकानन्दको जयन्ती मनाउँदा रंगमंचमा शिलांगका विभिन्न समुदाय (विशेष विद्यार्थीहरू)-का युवावर्गले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेगर्छन् शिलांगको "रामकृष्ण मिशन"-को तत्वावधानमा |यस कार्यक्रमलाई शिलांगबाट प्रकाशित हुने इंगलिश दैनिक समाचारपत्र "The Shillong Times"-ले जहिले पनि आफ्नो Front page मा ठाउँ दिनेगर्छ,जुन कार्यक्रमको फोटोमा यो क्षुद्र चित्रकारद्वारा चित्रांकित स्वामी विवेकानन्दको तैलचित्र परिलक्षित हुनेगर्छ|
     यहाँ तपाईँहरूलाई जानकारी दिऊँ--The Shillong Times शिलांगका धेरैजसो गोर्खाहरूले पढ्छन्|पढेलेखेका,मास्टर डिग्री लिएका ,पीएचडी गरेका गोर्खाहरूले त्यसै पनि पढ्नेभए|उनीहरूले पढ्दा स्वामी विवेकानन्दको तैलचित्र निश्चय पनि देखेको हुनुपर्छ तर यतिका १७ वर्षभित्र अझसम्म शिलांगका एकजना गोर्खे(म जन्मेको गाउँकोले पनि)-ले मलाई भनेको छैन--"तपाईँले बनाउनुभएको स्वामी विवेकानन्दको प्यान्टिंग The Shillong Times मा छापिएको थियो|देखेँ|"
    वास्तवमा भन्ने हो भने, गोर्खेले उक्त तैलचित्र देखेर गर्व गर्नुपर्ने हो|यस्तो किन लेखेँ भने, बंगाली समाज गोर्खाली समाजभन्दा कुनै पनि क्षेत्रमा अरूका स्वार्थका लागि लड्ने बाहेक अगाडि छ|स्पष्ट छ--शिलांगका बंगाली समाज पनि शिलांगका गोर्खा समाजभन्दा कुनै पनि क्षेत्रमा अगाडि छ|मभन्दा चित्रकलामा  डिग्री लिएका दक्ष चित्रकारहरू शिलांगको बंगाली समाजमा छन् र पनि यो गोर्खे चित्रकार, जसले चित्रकलामा कुनै डिग्री लिएको छैन,पल्टनमा भर्ती नभएसम्म रंग र ब्रुस किन्न सकेन, लाई स्वामी विवेकानन्दको तैलचित्र चित्रांकित गर्ने कुरामा "रामकृष्ण मिशन",शिलांगले शिलांगको बंगाली समाजबाट बंगाली चित्रकार चयन नगरी चयन गर्नु गोर्खाका लागि गर्वको कुरा होइन र?गर्व तब गरिँदो रहेछ, जब कलाको महत्व बुझ्ने समाज हुनुपर्छ तर गोर्खे समाज कलाको सन्दर्भमा पछाडि |"गुखा"-को सन्दर्भमा अगाडि छ अनि त केको भनोस्--"तपाईँको प्यान्टिंग शिलांग टाएम्समा छापिएको देखेँ? "
    तर अरू समाज भने सचेत छ|यसबारे कुरा यो हो--
    हाम्रो घर "The Shillong Times"-को नित्य ग्राहक हो |म सधैँ बिहान उक्त समाचारपत्र पढ्ने गर्छु  तर मैले सातादिनबाट "The Shillong Times" पढ्न छाडेको थिएँ केही काममा अल्झिने हुँदा|हिजो हो १५ जनवरी माघे संक्रान्तिको दिन मलाई भेट्न भनेर शिलांगको रेलबुंगमा बस्ने Bolen Rai मेरो सानो कोठामा आएका थिए|उनीसँग मेरो परिचय दुई वर्ष अगाडि दीया भाञ्जीको माध्यमबाट मेरै कोठामा भएको थियो|उनी बिहारी हुन् |चित्रकलामा रुचि|यही विषय लिएर उनले Army School ,शिलांगमा शिक्षक छन्|उनी मलाई भेट्न आएका कारण के थियो भने, मलाई बधाई दिन|बधाई दिने कारण --१३ जनवरी सोमबारको "The Shillong Times" अंकमा वर्णित तैलचित्र छिपिएकोमा.... छापिएकोमा|यो कुरा उनले मलाई जनाए... जनाए... 
      -विक्रमवीर थापा... 
           ------@@@----
(यो लेखसँग सम्बन्धित फोटोहरू|बिरालो र काले कुकुरलाई लिएर खिचिएको मेरो ताजा फोटो| हाम्रा मान्छेहरूले कलामा रुचि राख्दैनन्|बिरालो र कुकुरले रुचि राख्छन् कि भनेर The shillong Times बिरालो र कुकुरलाई देखाएको|Bolen Rai को फोटो हाल्न सकिनँ कारण हिजो उनी मकहाँ आउँदा मेरो मोबाइल चार्ज नभएर बन्द थियो|बिजुली बत्ती पनि थिएन|जेहोस्,म Bolen Rai प्रति आभार व्यक्त गर्दछु जनाएकोमा--"विक्रम")

परिचय

गोर्खा दर्पण छाया

गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा साहित्य, समाचार लगायत अन्य अनेको समसामयिक...