Thursday, 23 January 2020

आग्सु एकिकरणपछि ओझेलमा परेका नामहरु

 आग्सु एकिकरणपछि ओझेलमा परेका नामहरु


रजत भारद्वाज 

ढेकियाजुली


    २०१३ आग्सु गर्ने र आग्सु मन पराउने असमेली गोर्खाहरुको एक राम्रो दिन महिना जुलाई भानुभक्त आचार्यको जन्मदिनको दिन असमको गोवालपारा बाख्राखुट्टीमा आग्सुले नयाँ  अध्यायको रचना गर्यो।   त्यो समयका  सबैले सुनेको एक वाक्य “एक आग्सु” .  तर कसरि एक भयो आग्सु!  के ईच्छाले एक भएको थियो जातिय समस्यालाई बुझ्दै आग्सु !? भन्नेहरुले निक्कै कुरा भन्छन निक्कै नामहरु पनि हामीले त्यो बेलामा थाहा पाएको छौ।  एक दुई नाम चर्चामा पनि आए अनि अहिलेसम्म उनिहरुकै चर्चा छ आग्सु एकिकरणमा पहल चालने हरु भन्दै  । फेरी कसै  कसैले भन्छन एकीकरण कसैको जबरदस्ती ले भएको  हैन ,यो सम्पूर्ण जातिय हितलाई बुझ्दै भएको  हो आग्सु एकिकरण, तर प्रश्न आउछ के २०१३ सनअघि आग्सु गर्ने हरुलाई जात प्रति माया थिएन र? अनि अर्को कुरा आउछ आग्सु दुइभाग हुदा रहेका प्राय कार्यकर्ता त २०१३ को एकिकरण पछि #एक आग्सुको नेतृत्व बनेको थियो । अनि कसरि एक्कासी  उनि हरुमा जात मन पराउने प्रवित्ती जाग्यो  त हौ ?  के  ईच्छाले मात्रै  एकिकरण भएको  हो भन्न सकिन्छ ! तर यो कुरा पनि हैन भन्न सकिन्न चोतर्फ प्रयास चलेको हो एकिकरण को निमित्त निकै आग्सु कर्मकर्ता प्रतक्ष भएर  एकिकरणमा लागे जस्को प्रसंग  अहिले पनि निसकिदा उनिहरुको नाम चर्चामा आउछ तर कति प्राय नाम अज्ञात रहे ज्ञात भएर  पनि एकिकरणको प्रसंगमा त्यो समयका  दुई आग्सुका नेतृत्वले हामीले गराएको मिलाएको जत्तिनै भने तापनि १००% साचो कुरा चै हैन एकिकरण उनिहरुकै बलबुतामा भएको  भन्ने कुरा  , त्यो समयमा थियो कसैको दबाव जस्लाई प्रकाश गरा गएन  आफ्नो स्वत ईच्छाले भनौ या लोकलाजमा परिन्छ कि भन्ने डरले त्यो ठम्याउन  सकिन तर यति कुरा छै साचो हो एकिकरणमा एक अज्ञात जातिय सत्ताको सक्रिय भूमिका थियो ,, जसरि गहना बनाउन सुन मात्रै  भएर  हुदैन तेस्लाई जलाउनु पनि पर्छ यहां आग्सु सुन थियो भने तेस्लाई जलाएर एक आग्सु बनाउने तो आगोको भुमिका पनि उत्तिनै छ तर संसारले गहनालाई र सुनलाई महत्व दिएर त्यो आगो गन्तीमा  आएन अहिले पनि निकैलाई थाहा छैन एकिकरण कसरि भयो ? कसरि माने  ती  दुई आग्सु जो एक अर्कालाई देख्न पनि  सक्दैन थिए  ! कसरि बस्यो  संयुक्त सभा दुई सभापति को संचालनामा दुई आग्सुको बाट  एक आग्सु हुन कसरि आयो ३  सभापति उम्मीदवार को नाम ? ओझेलमा रहेका निकै प्रसंग अनि त्यसमा पनि लुकेका अज्ञात नाम को को थिए  अप्रत्यक्ष रूपमा काम गर्ने कुनै पदको स्वार्थ नराखी ,,,,!!!!!


२०१३ लोकसभा निर्वाचन को समय र त्यसको अघिबाट सामाजिक संजालमा सक्रीय एक नाम मन छेत्री (भरत छेत्री) घर  लखीमपुर जिल्ला, जस्ले लेखन थालेको थियो एकिकरण को कुरा।   त्यो समयमा अरुपनि निक्कै नामहरु थिए  एकिकरण को मुद्दा संजाल माध्यमबाट उठाउने ,, उता शिवसागर बाट प्रेम तामाङ्ग इच्छा राख्ने एकिकरण को निम्ति  निकै सभा समिति को पनि आह्वान भयो अभिवर्तन भए  तर एक भ्एन आग्सु ,,,,एक असफल पहल चलिरहेको थियो  ,,, तो समयमा  दुई सभापति भन्दा धेर ग्रुपको चर्चा भाष्कर पन्थी र जगदीश पन्थी  उदय लिम्बु  र वीरेन्द्र सुब्बा सबै तिर प्राय जिल्लामा दुईटा जिल्ला समिति तर एकिकरणको सफल थालनी गर्यो  शोणितपुर जिल्लाले कृष्ण राई र उमाचरण पोख्रेलको दुई सभापति भ्एको आग्सुको एकिकरण अधिवेशन २०१२को भानु जयन्तीमा सम्पन्न भगेको दुई महिना भित्र आफुलाई स्वतंत्र भनि घोषणा गर्दै एक आग्सु नहुनजेल सम्म कुनै समिति संग नबसने प्रस्ताव लिन्छ र एक वर्ष सम्म तेतिकै स्वतंत्र रुपमा सुनिल छेत्री र पुष्प पौडेलको नेतृत्वमा संचालित हुन्छ, शोणितपुर जिल्ला एकिकरण पनि केन्द्रीय एकिकरण को शंखनाद भन्न सकिन्छ एक प्रकारले , तो समय सम्ममा‌ आग्सु एकिकरण जोड़मा थियो जस्लाई हामीले २०१३पछि प्रेम तामाङ्ग ,भरत छेत्री, भाष्कर दाहाल ,जगदीश खनाल ,नन्दकिरात देवान ,केशव भण्डारी उदय लिम्बु वीरेन्द्र सुब्बा, कृष्ण भुजेल र आग्सु मन पराउने कर्मकर्ताहरुको अथक पहलमा भ्एको भनि जान्न थालिउ, कसैले मिलने  ईच्छा थियो र मत्तै मिलेको पनि भने तर ति अज्ञात नाममा कसैले ध्यान दिएन्न स्वीकृति दिएन्न कामको लागी जो धन्यवाद को पात्र बनेन्न र उनि हरुले पनि वाह वाही लुटने कुनै ईच्छा प्रकट गरेन्न तर आजको आग्सु हुनुमा तो आगोको भुमी छ थियो जो जान्नु जरुरी छ ।


गुवाहाटी को नेपाली मन्दिरमा भाष्कर दाहाल संग भेट गर्ने सभा गर्ने को थिए तपाईहरुले एकिकरण गराउनु पर्छ भन्ने ?  तिनसुकिया गै उदय लिम्बु संग भेटने ति तिनजाना मान्छे को थिए ? ठेलामारामा जगदीश खनाल संग भेटदै राति एक बजे सम्म एकिकरणमा तपाईको भुमीका रहोस अनि यो छिट्टै एकिकरण होस भन्ने को थिए ? २०१३मा आग्सुको प्राय जिल्ला सभापति मुलसचिव संग छुट्टै छुट्टै बैठक गर्नेहरु को थिए जुन समुह  अहिले या २०१३को एकिकरण पछि आग्सु मा छैन्न केन्द्रीय कुनै पद नलि बसेको छन के कसैलाई थाहा छ ?  

याहा लेखिएको कुरा र प्रसंगले उनिहरुले मत्तै एकिकरण गराको हुन भन्न खोजिएको त हैन प्रतक्ष रहने सबै जानाको योगदान छ २०१३को एकिकरणमा सायद सबैको नाम आटिएन हो छुट्टीएपनि होला तर अहिले पनि पर्दाको पछि नै रहि रहेका ति को थिए? एकिकरण को ६वर्ष पुगेको छ तर  काहाको थिए के नाम हो हामीले जान्नु जरुरी छ जान्ने ईच्छा हामिले राखिनौ । ति नामहरु थिए लाल बहादुर तामाङ्ग, लाल बहादुर सुब्बा, राजु बिष्ट, सुरज घिमिरे, यज्ञ बस्नेत ,  मुकुन्द भट्टराई ।

याहा कसैलाई खसानल या प्रचार गर्न यो लेख लेखिएको हैन तर पनि एक जातीय संस्थाको मजबूती चाहने ति कर्मठ जातीय शुभचिन्तकहरुको चर्चाहामीले गर्नु जरुरी छ जो पद प्रतिष्ठाको लागी हैन जातको स्वाभिमान को रक्षाको लागी सधै अग्रसर भै लागेको छन अरु अनेको नाम छ जो अहिले पनि अज्ञात छन जस्लाई हामीले जान्नु र चिन्नु जरुरी छ आवश्यक छ उनिहरुलाई धन्यवाद दिन जो उनिहरुले माग्दै मागेन , एति काम गरेर पनि लागेन्न आफै आफ्नो प्रचार गर्न एत्तिका दिन सम्म, हामीले पनि एकिकरणको लागी समय दिएको थिउ भन्दै ।  लाल बहादुर तामाङ्ग(उदालगुरी), लाल बहादुर सुब्बा(शोणितपुर), राजु बिष्ट(उदालगुरी) ,सुरज घिमिरे(बाक्सा), यज्ञ बस्नेत(चिराङ्ग) ,  मुकुन्द भट्टराई (कोक्राझार) मनोजकुमार गिरि(उदालगुरी)  सुनिएको नाम होलान चिन्छोउ पनि होला हामी एक सबै असमकै हुन जिउदो पनि छन तर अज्ञातवास मा छन आग्सु एकिकरण को प्रसंगमा जस्को प्रचार नाही उनिहरुले गरे नत तो समयमा उनिहरुलाई भेटने हरुले ।


अंत अझै अलग अलग दिशामा सहयोग दिने हरु छन हामीहरुको छेउ छाउमै छन जस्ले जातको लागी नामको लागी हैन आफ्नो सहभागिता देखाए उनिहरुलाई पनि खोजनु छ र धन्यवाद भन्नु छ ,,, प्रतिष्ठा पाउने होड़मा लागेको गोर्खा समाजमा तपाइ एकजाना हुनु हुन्छ जस्ले जातिय ईच्छा लाई ध्यान दियो ।

रजत भारद्वाज

ढेकियाजुली

No comments:

Post a Comment

परिचय

गोर्खा दर्पण छाया

गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा साहित्य, समाचार लगायत अन्य अनेको समसामयिक...