॥ गोर्खा जातीय संगठन हरु ॥
२५लाख गोर्खा को समसामयिक समस्या हरु को समाधान का हक मा असमेली गोर्खा हरुले उप्रि माथी थुप्रि संघ संगठन को बोजा बोकेको छ , विभिन्न नाम अनेको विचार अगी राखी जन्मेका अनेको संगठन हरु छन हामी बिच तर के काम हुदैछ हाम्रो जातिय संगठन हरुले ? वर्तमान को ठुलो प्रश्न ,,,!!!!
कति के उन्नति भयेको छ गोर्खा हरुको सामूहिकता मा?
विचार गर्नु पर्ने कुरा के हाम्रा संघ संगठन हरुको लक्ष्य उद्देश्य सटीक छ ? के हाम्रा नेता हरुले भविष्य परिकल्पना गरी आफ्नो जाति उत्थान हक मा काम गर्दै छन ? अनि गर्दै छन भने किना नया नया संगठन हरु खोलियेका ? संगठन को लोकाचार भाष्य हुन्छ " जातिको उत्थान को लागी हामले यो संगठन खोलेका"" अर्थात कुनै जातिको वर्तमान दुरवस्था लाई समाधान गर्ने कारण ले संगठित भै काम गर्न संगठन खोलिन्छ ।तेसो हुदा गोर्खा हरुको त उन्नति भयेको नै रहेनरछ तेसैले नया नया संगठन(जातिय संघ) हरु खोलिदै छ ।
तर के नया नया संगठन खोलना ले जातिको एकासी उत्थान हुन्छत? के हामी जातीय हित भन्दा बडी पद पदवी का भोका भयेको हैनो?
* जातीको बिकाश हुन छ या गराउन छ भने पहिले त जातिका प्रतेक वर्ग का मानिष शिक्षित हुन जरूरी छ ,
आफ्नो जन्मकाल बाट अहिले सम्म कति जाना लाई शिक्षा को सुविधा दियो जातिय संगठन हरुले? कोई संग केहि तथ्य छ होला त ? छ भने प्रकाशित किना नगरियेको?
* जाति मा शिक्षा को मानदण्ड बडो भने रोजगार बडछ ,आफै आफ्नो तरिकाले कसैले शिक्षा ग्रहण गरो भने तेस्को थोडीन जातिय बिकाश प्रति मन हुन्छ उसको त आफ्नो विकाश प्रति मात्र ध्यान हुन्छ र जातिय संगठन मा तथा जातिय विकास मा आस्था लियाउन छ भने जातिय संगठन हरुले मेधा सम्पन्न छात्र छात्रा हरुलाई प्रोत्साहन दिनु पर्छ लोकाचार मा मात्र हैन सर्वदिशा मार्फत ।
* जातीय संगठन ले कति जाना प्रशासनिक बिषया बनायेको छ ? परोक्ष या प्रतक्ष्य रुप ले जस्को मानसिकता जातीयतावादी होस, प्रशासनिक व्यवस्था नै जातिको पक्ष्य मा भयेन भने जातिको उन्नति कसरि होला त ,जातिय संगठन हरुले प्रशासनिक विषया आफ्ना बनाउना जरूरी छ जसरी भयेपनि ।
* जातिय उत्थान को एक उपादान सक्रिय राजनीति, हाम्रा जातिय संगठन का नेतृत्व हरु राजनीति त गर्छन तर राजनेता हुदैन्न अनि जो जसै तसै हुन्छ तेस्मा जातिय भावना भन्दा अरथोक को मात्रा धेर भयेको देखिन्छ, जस्ले गर्दा हामी जातिय बिकास भयेको तेतिसारो देख्दैनौ, जातिय संगठन संग जडीत भयेको व्यक्ति लाई हामीले जनप्रतिनिधि बनाउन जरूरी छ जस्ले जातिय समस्या ह्रदय वाट बुजेको होस अन्यथा गोर्खा हरु बाटा मा करायेर मात्र केहि हुदैन ।
* जातिय संगठन नेतृत्व ले तालियाँ नीति छाडनु पर्छ जातिय उत्थान चाहिन्छ भने ,निर्भीक, निरपेक्ष, अटल जातिय हक अधिकार को लागी हुनु पर्छ साईनो बनाउने आफ्नो बाटो सजाउने मञ्च त अनेक छन जातिय कुरा मा चै तो सब नगरेको राम्रो तपाई को कर्म अटल शुद्ध हुनु पर्छ निमात्र तपाई लाई खोज्दै सब आउछन तपाईले अरुलाई खोज्दै र जी हजूर गर्दै जानु पर्दैन ।
अन्त: जातिय संगठन नेतृत्व ले आफ्नो कर्म शुद्धारनु होस, अटल भै जाती हित मा आफ्नो स्वार्थ भुली जातिय हित का काम गर्नु होस, संघ धेर चाहिदैन हामीलाई बस तपाई हरु आफु संगठित भै हामीलाई संगव्ध पारि राख्ने काम गर्नु होस, जब उद्देश्य जातिय उत्थान हो भने किना संगठन अनेको चाहियो एक मञ्च एकव्ध भै जातीको काम गर्दा भैगोनी प्रभु, बिचार गर्नुहोस आजको तपाई का कर्म भोलीको दिनमा नि सदा अमर रहुन तेस्ता काम गरो अन्यथा मा जाति विभाजन ले कसै को फाएदा हुदैन ।
जय गोर्खा
जय हिन्द
जयतु जन्मभूमि असम
॥रजत भारद्वाज॥
No comments:
Post a Comment