Monday, 24 February 2020

सुनिल छेत्रीलाई किन केन्द्रीय समितिको सभापतिरुपमा देखन चाहन्छौं ??

सुनिल छेत्रीलाई किन  केन्द्रीय समितिको सभापतिरुपमा देखन चाहन्छौं ?? 

सामाजिक संजालमा सर्वेक्षण हुदैछ आग्सुको आउदो सभापति को ? अनि एसै बिचमा बातचित मार्फत प्रश्नपनि आउछ सुनिल छेत्रीलाई किन केन्द्रीय समतिको सभापति हिसाबमा देखन चाहन्छौं? पहिलो कुरा यो प्रश्न जायजनै हैन आग्सु केन्द्रीय समितिको प्रतेक जाना कर्मकर्ता योग्यहुनु हुन्छ सभापति पदको लागी तर समसामयिक समय हेर्दा सबै एक्कैचोटी भैहालनु पर्ने चै हैन होला ! केन्द्रीय आग्सुमा सबैजाना ले आ-आफ्नो जिल्ला लाइ नेतृत्व दिदै आ्एको हुन जब वाहाहरुमा नेतृत्व दिन नसकने कुरा त छैन । सबैको आ-आफ्नो विवेक छ तर सुनिल छेत्रीमा भन्नु पर्नेकुरा सुनील छेत्री घर शोणितपुर लोक्रा आग्सुमा योगदान २००६ तर २०११-१२मा वाहाको सक्रीयता धेरै देखिएको थियो आग्सुमा तो समय आग्सु भाचिएको थियो दुई गुटमा अनि एकिकरण केन्द्रीय समिति हुने लहरमा केहि फलिफाप भ्एको थिएन तर सुनिल छेत्रीको अगवाईमा शोणितपुर जिल्ला समिति एकिकरण भयो दुबै गुट मिसिएर अविभक्त शोणितपुर जिल्ला को एक समिति गठन भयो जस्को सभापति थिए सुनिल छेत्री तेसपछि जिल्लामा भ्एको एक सियानो भन्दा सियानो घटनामा जिल्ला आग्सु सक्रीय रुपमा कामगर्दै गयो अनि २०१३को अधिवेशन ले एकीकृत शोणितपुर जिल्ला को सभापतिका रुपमा सुनिल छेत्रीलाई चयन गरो तर केन्द्रीय समिति एकिकरण नभ्एको हुनाले सुनिल छेत्रीले जिल्ला समिति दुबै गुटको सम्पर्कमा रहदैन जब सम्म एक आग्सु बन्दैन भनि अड़ान दिएर शोणितपुर जिल्ला समितिलाई स्वतंत्रत जिल्ला को रुपमा एक साल संजालित गरे जस्मा प्रतेक जाना शोणितपुर वासी जनता अवगत छन के कस्तो काम भयो कति द्रुतगरिमा काम अगि बड़ो । 
सुनिल छेत्री आग्सु एकिकरण केन्द्रीय समिति पछिका उपसभापति बाकपटुकता भ्एको तार्कीक संग्रामी युवा छात्र कर्मी संग संगै बौद्धिक जमातमा पनि आलोचना गरि मुद्दा सम्म पुगन खोजने वाहाको एक गुण छ जस्ले गर्दा वाहा दुई पटक केन्द्रीय समिति आग्सुको उपसभापति को रुपमा दुई पलट कार्यभार चलाउदै हुनु हुन्छ प्रेम तामाङ्ग सरपछि पदमर्यादामा आग्सुको दोस्रो व्यक्ति सुनिल छेत्री उपसभापति । 
एकजाना परिपक्व पारदर्शी नेता जस्मा परिकल्पना हरुछन जोखने सक्षमता छ तर्क र अध्ययन गर्ने धैर्य छ । हट्ठ पन पनि छ जस्लाई अरुले नबुजेर कपटि भनि सम्बोधित गर्दछ ,, सामाजिक संजालमा सक्रिय छन जस्ले जनताको कुराहरु उनि सोझै बुजने प्रयास गर्दछन लेखक कवि विश्लेषक संग संगै एक जाना संगठकको रुपमा काम गर्ने व्यक्ति खबर गरि हेर्नु होला प्रतेक शाखा सम्मको कर्मकर्ता संग वाहाको सोझै बात हुन्छ भावको आदान प्रदान हुने गर्छ असमको विभिन्न जिल्लाका कर्मकर्ता युवा लेखक साहित्यकार संगठक र आग्सु कर्मी संग बाहले सोझै सम्पर्क राखने गर्छन जस्को माध्यमहो सामाजिक संजाल जस्को सद्उपयोग उनिले गरि रहेको छन । 
अब पनि किन सुनिल छेत्री आग्सुको सभापति भनि सोधिन्छ भने !
* प्रेम तामाङ्ग ज्यु पछिको पद मर्यादामा द्वितीय व्यक्ति दुईपटक प्रतिनिधि सभाले उपसभापति पद दिएको मान्छे सुनिल छेत्री 
* तार्किक, विश्लेषक ,अध्ययनशिल , सबै संग सामजस्य राख्दै बुथलेबेल सम्म को कुरामा ध्यान दिने मानसिकता ।
*समसामयिक विषयहरुमा अध्ययन गरि तेस्मा काम गर्ने मनोवृत्ति राखने मान्छे ।
* शैक्षिक दिशावाट उच्च शिक्षित र सकारात्मक पक्षमा बसने मान्छे ।
* गोर्खाजातको कुनै विषेश तपका मात्र हैन सबै संग सल्लाह गरि सबैको कुरामा तथ्यगत रुपमा बिचार गरि आफ्नो कुरा हरु राख्दै काम गर्ने मानसिकताको धनी ।
* सानो उमेर बाट पत्र पत्रिका र अध्ययन प्रति रुचि राखने मान्छे,छात्र काल मै एक मात्रनेपाली साप्ताहिक पत्रिका " देशबार्ता" को प्रचार सचिब रहेर नेपाली पत्रकारिता को श्री वृद्धि गर्नुन्मा अवदान दिने, उत्तर कछाड़ मा रहदा "गोर्खा नवजागरण" नाम को खबर पत्रिका को सम्पादक-प्रकाशक पनि रहेका व्यक्ति। कार्बी आंगलॉन्ग बाट निस्कीने हिल्स टाइम्स नाम्को दैनिक पेपर को रिपोर्टरकाम गरेर अभिज्ञता भ्एका ।
##वाहाको पहलमा‌ भ्एको कतिपय जिल्ला स्तरीय काम जो पछि केन्द्रीय तहमा भयो ,,,
*रक्तदान शिविर आयोजित गर्नु १३बाट शुरु शोणितपुर मा जो अहिले सम्म यथावत छ ,,, जस्ले शोणितपुर मात्रहैन जिल्ला बाहिरको रोगिहरुको पनि उपकार गरेको छ ।
* सामुहिक भाइटिका कार्यक्रम को थालनीपनि वाहाकै नेतृत्वमा भ्एको हो ।
* बौद्धिक जमात संग जोड़ीने पहल पनि वाहा कै पहलमा भ्एको हो जो पहिले तेजपुर हरिहर धाम मा भ्एको थियो ,।
*

Sunday, 16 February 2020

असमको गोर्खा जनजीवनलाई प्रतिष्ठ गर्ने केहि पृष्ठहरु ,

असमको गोर्खा जनजीवनलाई प्रतिष्ठ गर्ने केहि पृष्ठहरु ,


रजत भारद्वाज
ढेकियाजुली

असममा नेपाली साहित्य विकास प्रकिया भाषा स्वीकृतिको पहिले बाटनै  शुरु भ्एको हो । भाषा आन्दोलनको समयमा नेपाली/गोर्खा भाषाले जुन उचाइ पाएको या गतिशीलता पाएको थियो तो भाषा मान्यताको १०वर्ष पछिबाट विसतारै धुलमुल हुदै गयो तर पनि लेखीए कति प्राय पृष्ठहरु तो समयमा साहित्यको उत्थानका लागी या आफ्नो उत्थानको लागी यो एक अलगै विषयहोला जस्लाई कोटियायो भने रिस मत्तै उठछ किनकि एक दुइ जाना बाहेक कसैले हाम्रो इतिहासलाई अरुले बुजने गरि प्रस्तुत गर्ने जमर्कोनै १००%दिएर चलाएन्न तर सबै झोले साहित्यिक भ्ए मैले एति सम्म दुर्दशा देखेको छु सभामा आफुले लेखेको किताब बाड़िन्थो किनेर हैन तर जबरदस्ती लिनु परेको हुन्थो लेखको नजरमा अस्थायी पाठकले । नियात्रा हरु कविता संग्रह अनि काल्पनिक सृजना आफ्नो समाजले पाउने उपलब्धि शुन्य बराबर भन्न सकिन्छ , सायद शोध गर्ने इच्छा नभ्एर होला अनि आफ्नो नामको पछि कृत्ति भनि लेखने रहरले होला तर लेखिएको छन अनगन्ति किताब मेरो बोलने भाषामा अनुवाद पनि भ्एका छन निक्कै किताब म बोलने भाषामा म पड़ने र बुजने भाषामा ।

झोला साहित्य र साहित्यकार हरुको कृपाले गर्दा नया लेखने सोचने शोध गर्नेहरु हामी बिच आफ्नो प्रस्तुति राख्नै सक्दैन्न अनि लेखेपनि छापिदैन तर तेसै बिचमा सामाजिक संजाल र अन्य अन्य व्यस्थाबाट निस्के कति प्राय पृष्ठहरु जिनिहरुले गोर्खाहरुले लेखेको पड़न बाध्य गराउदै छन शोध छ प्रमाणिकता छ तथ्यगत प्रस्तुति छ अनि पाठक पनि छन , सराहना पाएको छन आज तेस्तै एक दुई जाना को चर्चा गर्न मात्तै यो लेख प्रस्तुत गरेको हु र उनिहरुलाई पृष्ठ भनि सम्बोधित गरेको छु । किन त पृष्ठ! किनकि झोले साहित्यकार हरुले आफुलाई किताब सोची जति सृजना गरे उनि हरुले एक एक पृष्ठ बनि गोर्खा इतिहास को एक ऐतिहासिक किताब बनाए जस्को मार्केटिंग राम्रो छ तेस्तै एक दुई पृष्ठ आज समेटने प्रयास छ ।
असमको गोर्खा जनजीवनलाई प्रतिष्ठ गर्ने केहि पृष्ठहरु को नाम चर्चा गर्दा पहिले र हाल्लै एकदमै चर्चीत पृष्ठहुन प्रकाश कैराला अनुपमा कैरालाको छोरा उमेर २५वर्ष विज्ञानका छात्र जन्म बाक्सा जिल्लाको निकासीमा एक जाना युवा लेखक जस्ले वैज्ञानिक तरिकाले तत्थगतरुपमा  प्रकाशित एक दस्तावेज  " অসমৰ গোর্খাসকলৰ ঐতিহ্যৰ অন্বেষণ" जस्ले पाठकहरुमा एक राको बालेको छ हाम्रो कुरा पढ़ने जो भाषणमा अलिखत थियो कताकता हावामा सुनिन्थो गोर्खा जातको ईतिहासलाई तथ्यगतरुपमा प्रतिष्ठापित गर्ने एक जमर्को समसामयिक समयमा गोर्खाजातलाई चाहिएको आफु चिन्ने कुराहरुले लेपिएको तर झोले साहित्यिक पन उनिमा देखिएको छैन अहिले सम्म ।
अर्को नाम विश्वनाथ चारालीका लेखक पत्रकार सम्पादक शिक्षक र असमीया नेपाली र अंग्रेज़ी भाषामा कलम चलाउने अञ्जन बाँसकोटा चन्द्र बाँसकोटाका छोरा ३५वर्ष उमेरको युवा लेखक
श स्नातकोत्तर ‘अंग्रेजी साहित्य’, स्नातकोत्तर ‘नेपाली’,र वि.एड गरि निरन्तर रुपमा आफ्नो कलम चलाउदै आएको छन जस्मा उल्लेखनीय छ (क) स्थानीय संवाददाता हिसाबले ‘नतुन दैनिक’ (असमिया दैनिक), ‘आजि’ (असमिया दैनिक), र ‘देशवार्ता’ (नेपाली साप्ताहिक) खबर काकतमा सेवादान। उता तिर गोर्खा चाड़ हरुमा असमको जनतालाई गोर्खाहरुको महत्व बारे परिचय गराउदै वाहाले लेखिएको निक्कै लेखहरु हामी  असमिया भाषामा असमका अग्रणी पत्र-पत्रिका- ‘असमिया प्रतिदिन’, ‘आमार असम’, ‘असमिया खबर’, ‘जनसाधारण’, ‘दैनिक जनमभूमि’, ‘नियमीयावार्ता’ आदिमा निवन्ध, कथा, कविता आदि लगातार रूपमा पाइरहेको छौ अनि नेपाली भाषामा पनि  कथा, कविता र निवन्धादि ‘देशवार्ता’, ‘सपरिवार’, ‘हाम्रो प्रजाशक्ति’, ‘मिरमिरे काञ्चनजङ्धा’, ‘उदय’, ‘आरोहण ‘ प्रकाशित भै आएको छन  गर्वको कुरा के हो भने बाँसकोटा ज्यु असम सरकारको पक्षमा ए.वि.आइ.एल.ए.सि. द्वारा प्रकाशित त्रिभाषिक शब्दकोष (नेपाली-असमिया-अंग्रेजी)को सम्पादना समितिको सदस्य र भारत सरकारको पक्षमा सि.आइ.आइ.ए.एल. द्वारा प्रकाशित नेपाली शब्दकोषको सम्पादना समितिको सदस्य छन । काल्पनिक कुराहरुलाई कोरनको सट्टा जातले भोगदै गरेको समस्याहरुलाई आफ्नो लेखन शैलीले अन्यभाषाको प्रत्रपत्रीकाहरुमा रोचक तरिकाले प्रस्तुत गर्नेकारण वाहाको लेखहरु यथावत रुपमा खबरकागतहरुमा स्थान पाउने गर्छन जातलाई प्रतिष्ठित गर्ने एक पृष्ठको रुपमा वाहा पनि कार्यरतहुनु हुन्छ जो हाम्रो लागी शोभाग्यको कुराहो ।
असमको गोर्खा हरुमा अरु एक नाम चर्चित छ सामाजिक संजाल र आफ्नो तथ्यगत ठोस प्रखर समसामयिक मुद्दा उठाउने प्रक्रिया ले गर्दा वाहाको नाम हो बोगीराम गोर्खा भण्डारी घर गहपुर वाहाको जातियतावादी कविता संग्रह "आमा पुरा भयो तिम्रो चाहना " र सामाजिक संजाल मार्फत "फुलमतिको भट्टीमा सपनाको महल१०१८" नामक लेख संग्रहले पनि जातिय जनजीबनको एक अग्रणी भुमीका खेलेको छ । झोले साहित्य लाई नकार्दै एक अलग तरिकाको सृजना गर्न प्रयास रत अरु निक्कै पृष्ठ हरु हामी बिच छ जस्मा ओम प्रकाश बस्नेत , ड° अमृत उपाध्याय ड° टिकेन्द्र छेत्री वाहाहरुकुरा आउदो लेखमा समेटने प्रयास गर्ने छु ।
तर शयकुराको एक कुरा आफुलाई साहित्यकार भन्ने तथाकथित झोलेहरुको अतिक्रमण प्रक्रियालाई तथ्यगत रुपमा शोधको साध प्रस्तुत गर्ने विगुल बजि सकेको छ जस्ले गर्दा झोले साहित्यकार हरुको घण्टीपनि बजेको छ नया जांगर र प्रयासले समेटेर प्रस्तुत उपरोक्त पृष्ठहरु गोर्खा जनजीवनको लागी एक ढालहो जस्लाई पाठकले आगामीदिनमा आफ्नो संरक्षण र हक अधिकार प्राप्तिको अस्त्र हिसाबले प्रयोग गर्न सकने छ ।साहित्यमा कल्पना दन्तेकथा लेखी पुरस्कृत हुने हरु भन्दा केहि जातलाई दिने र अगोर्खाहरुमा हाम्रो इतिहास प्रसारित गर्ने उद्यम साचो अर्थमा असल कामहो जस्लाई एतिक्का दिन सम्म कसै लेखने ले प्राधान्य दिएको थिएन्न होला । अनि जब माथी लेखिएका पृष्ठ हरु संग लेखने प्रेरणाको कारण सोधिएको थियो कसैले कुनेई एक साहित्यकारको नाम भनेन्न ।
जे होस अन्तमा जातिय पृष्ठ स्वरूप आफुलाई एक माइलखुट्टी बनाई अघि सारने गोर्खाजातको नविन प्रविन र पाठक बडाउने कलमकार हरुलाई धेरै धेरै शुभकामना छ । तर अरु निक्कै जाना सर्जक हरु हुनु हुन्छ वाहा हरुलाई पनि समेटने प्रयास गर्ने छु ‌।

Thursday, 23 January 2020

आग्सु एकिकरणपछि ओझेलमा परेका नामहरु

आग्सु एकिकरणपछि ओझेलमा परेका नामहरु

 आग्सु एकिकरणपछि ओझेलमा परेका नामहरु


रजत भारद्वाज 

ढेकियाजुली


    २०१३ आग्सु गर्ने र आग्सु मन पराउने असमेली गोर्खाहरुको एक राम्रो दिन महिना जुलाई भानुभक्त आचार्यको जन्मदिनको दिन असमको गोवालपारा बाख्राखुट्टीमा आग्सुले नयाँ  अध्यायको रचना गर्यो।   त्यो समयका  सबैले सुनेको एक वाक्य “एक आग्सु” .  तर कसरि एक भयो आग्सु!  के ईच्छाले एक भएको थियो जातिय समस्यालाई बुझ्दै आग्सु !? भन्नेहरुले निक्कै कुरा भन्छन निक्कै नामहरु पनि हामीले त्यो बेलामा थाहा पाएको छौ।  एक दुई नाम चर्चामा पनि आए अनि अहिलेसम्म उनिहरुकै चर्चा छ आग्सु एकिकरणमा पहल चालने हरु भन्दै  । फेरी कसै  कसैले भन्छन एकीकरण कसैको जबरदस्ती ले भएको  हैन ,यो सम्पूर्ण जातिय हितलाई बुझ्दै भएको  हो आग्सु एकिकरण, तर प्रश्न आउछ के २०१३ सनअघि आग्सु गर्ने हरुलाई जात प्रति माया थिएन र? अनि अर्को कुरा आउछ आग्सु दुइभाग हुदा रहेका प्राय कार्यकर्ता त २०१३ को एकिकरण पछि #एक आग्सुको नेतृत्व बनेको थियो । अनि कसरि एक्कासी  उनि हरुमा जात मन पराउने प्रवित्ती जाग्यो  त हौ ?  के  ईच्छाले मात्रै  एकिकरण भएको  हो भन्न सकिन्छ ! तर यो कुरा पनि हैन भन्न सकिन्न चोतर्फ प्रयास चलेको हो एकिकरण को निमित्त निकै आग्सु कर्मकर्ता प्रतक्ष भएर  एकिकरणमा लागे जस्को प्रसंग  अहिले पनि निसकिदा उनिहरुको नाम चर्चामा आउछ तर कति प्राय नाम अज्ञात रहे ज्ञात भएर  पनि एकिकरणको प्रसंगमा त्यो समयका  दुई आग्सुका नेतृत्वले हामीले गराएको मिलाएको जत्तिनै भने तापनि १००% साचो कुरा चै हैन एकिकरण उनिहरुकै बलबुतामा भएको  भन्ने कुरा  , त्यो समयमा थियो कसैको दबाव जस्लाई प्रकाश गरा गएन  आफ्नो स्वत ईच्छाले भनौ या लोकलाजमा परिन्छ कि भन्ने डरले त्यो ठम्याउन  सकिन तर यति कुरा छै साचो हो एकिकरणमा एक अज्ञात जातिय सत्ताको सक्रिय भूमिका थियो ,, जसरि गहना बनाउन सुन मात्रै  भएर  हुदैन तेस्लाई जलाउनु पनि पर्छ यहां आग्सु सुन थियो भने तेस्लाई जलाएर एक आग्सु बनाउने तो आगोको भुमिका पनि उत्तिनै छ तर संसारले गहनालाई र सुनलाई महत्व दिएर त्यो आगो गन्तीमा  आएन अहिले पनि निकैलाई थाहा छैन एकिकरण कसरि भयो ? कसरि माने  ती  दुई आग्सु जो एक अर्कालाई देख्न पनि  सक्दैन थिए  ! कसरि बस्यो  संयुक्त सभा दुई सभापति को संचालनामा दुई आग्सुको बाट  एक आग्सु हुन कसरि आयो ३  सभापति उम्मीदवार को नाम ? ओझेलमा रहेका निकै प्रसंग अनि त्यसमा पनि लुकेका अज्ञात नाम को को थिए  अप्रत्यक्ष रूपमा काम गर्ने कुनै पदको स्वार्थ नराखी ,,,,!!!!!


२०१३ लोकसभा निर्वाचन को समय र त्यसको अघिबाट सामाजिक संजालमा सक्रीय एक नाम मन छेत्री (भरत छेत्री) घर  लखीमपुर जिल्ला, जस्ले लेखन थालेको थियो एकिकरण को कुरा।   त्यो समयमा अरुपनि निक्कै नामहरु थिए  एकिकरण को मुद्दा संजाल माध्यमबाट उठाउने ,, उता शिवसागर बाट प्रेम तामाङ्ग इच्छा राख्ने एकिकरण को निम्ति  निकै सभा समिति को पनि आह्वान भयो अभिवर्तन भए  तर एक भ्एन आग्सु ,,,,एक असफल पहल चलिरहेको थियो  ,,, तो समयमा  दुई सभापति भन्दा धेर ग्रुपको चर्चा भाष्कर पन्थी र जगदीश पन्थी  उदय लिम्बु  र वीरेन्द्र सुब्बा सबै तिर प्राय जिल्लामा दुईटा जिल्ला समिति तर एकिकरणको सफल थालनी गर्यो  शोणितपुर जिल्लाले कृष्ण राई र उमाचरण पोख्रेलको दुई सभापति भ्एको आग्सुको एकिकरण अधिवेशन २०१२को भानु जयन्तीमा सम्पन्न भगेको दुई महिना भित्र आफुलाई स्वतंत्र भनि घोषणा गर्दै एक आग्सु नहुनजेल सम्म कुनै समिति संग नबसने प्रस्ताव लिन्छ र एक वर्ष सम्म तेतिकै स्वतंत्र रुपमा सुनिल छेत्री र पुष्प पौडेलको नेतृत्वमा संचालित हुन्छ, शोणितपुर जिल्ला एकिकरण पनि केन्द्रीय एकिकरण को शंखनाद भन्न सकिन्छ एक प्रकारले , तो समय सम्ममा‌ आग्सु एकिकरण जोड़मा थियो जस्लाई हामीले २०१३पछि प्रेम तामाङ्ग ,भरत छेत्री, भाष्कर दाहाल ,जगदीश खनाल ,नन्दकिरात देवान ,केशव भण्डारी उदय लिम्बु वीरेन्द्र सुब्बा, कृष्ण भुजेल र आग्सु मन पराउने कर्मकर्ताहरुको अथक पहलमा भ्एको भनि जान्न थालिउ, कसैले मिलने  ईच्छा थियो र मत्तै मिलेको पनि भने तर ति अज्ञात नाममा कसैले ध्यान दिएन्न स्वीकृति दिएन्न कामको लागी जो धन्यवाद को पात्र बनेन्न र उनि हरुले पनि वाह वाही लुटने कुनै ईच्छा प्रकट गरेन्न तर आजको आग्सु हुनुमा तो आगोको भुमी छ थियो जो जान्नु जरुरी छ ।


गुवाहाटी को नेपाली मन्दिरमा भाष्कर दाहाल संग भेट गर्ने सभा गर्ने को थिए तपाईहरुले एकिकरण गराउनु पर्छ भन्ने ?  तिनसुकिया गै उदय लिम्बु संग भेटने ति तिनजाना मान्छे को थिए ? ठेलामारामा जगदीश खनाल संग भेटदै राति एक बजे सम्म एकिकरणमा तपाईको भुमीका रहोस अनि यो छिट्टै एकिकरण होस भन्ने को थिए ? २०१३मा आग्सुको प्राय जिल्ला सभापति मुलसचिव संग छुट्टै छुट्टै बैठक गर्नेहरु को थिए जुन समुह  अहिले या २०१३को एकिकरण पछि आग्सु मा छैन्न केन्द्रीय कुनै पद नलि बसेको छन के कसैलाई थाहा छ ?  

याहा लेखिएको कुरा र प्रसंगले उनिहरुले मत्तै एकिकरण गराको हुन भन्न खोजिएको त हैन प्रतक्ष रहने सबै जानाको योगदान छ २०१३को एकिकरणमा सायद सबैको नाम आटिएन हो छुट्टीएपनि होला तर अहिले पनि पर्दाको पछि नै रहि रहेका ति को थिए? एकिकरण को ६वर्ष पुगेको छ तर  काहाको थिए के नाम हो हामीले जान्नु जरुरी छ जान्ने ईच्छा हामिले राखिनौ । ति नामहरु थिए लाल बहादुर तामाङ्ग, लाल बहादुर सुब्बा, राजु बिष्ट, सुरज घिमिरे, यज्ञ बस्नेत ,  मुकुन्द भट्टराई ।

याहा कसैलाई खसानल या प्रचार गर्न यो लेख लेखिएको हैन तर पनि एक जातीय संस्थाको मजबूती चाहने ति कर्मठ जातीय शुभचिन्तकहरुको चर्चाहामीले गर्नु जरुरी छ जो पद प्रतिष्ठाको लागी हैन जातको स्वाभिमान को रक्षाको लागी सधै अग्रसर भै लागेको छन अरु अनेको नाम छ जो अहिले पनि अज्ञात छन जस्लाई हामीले जान्नु र चिन्नु जरुरी छ आवश्यक छ उनिहरुलाई धन्यवाद दिन जो उनिहरुले माग्दै मागेन , एति काम गरेर पनि लागेन्न आफै आफ्नो प्रचार गर्न एत्तिका दिन सम्म, हामीले पनि एकिकरणको लागी समय दिएको थिउ भन्दै ।  लाल बहादुर तामाङ्ग(उदालगुरी), लाल बहादुर सुब्बा(शोणितपुर), राजु बिष्ट(उदालगुरी) ,सुरज घिमिरे(बाक्सा), यज्ञ बस्नेत(चिराङ्ग) ,  मुकुन्द भट्टराई (कोक्राझार) मनोजकुमार गिरि(उदालगुरी)  सुनिएको नाम होलान चिन्छोउ पनि होला हामी एक सबै असमकै हुन जिउदो पनि छन तर अज्ञातवास मा छन आग्सु एकिकरण को प्रसंगमा जस्को प्रचार नाही उनिहरुले गरे नत तो समयमा उनिहरुलाई भेटने हरुले ।


अंत अझै अलग अलग दिशामा सहयोग दिने हरु छन हामीहरुको छेउ छाउमै छन जस्ले जातको लागी नामको लागी हैन आफ्नो सहभागिता देखाए उनिहरुलाई पनि खोजनु छ र धन्यवाद भन्नु छ ,,, प्रतिष्ठा पाउने होड़मा लागेको गोर्खा समाजमा तपाइ एकजाना हुनु हुन्छ जस्ले जातिय ईच्छा लाई ध्यान दियो ।

रजत भारद्वाज

ढेकियाजुली

Monday, 20 January 2020

AG web TV नियाली हेर्दा ,,,

AG web TV नियाली हेर्दा ,,,

असममा गोर्खाहरुको सामाजिक माध्यम संचारमा केहि नभ्एको हैन भारत भरिकै गोर्खाहरुको कुरालिएर पहिले आएको वीर गोर्खा होस या गोर्खा दर्पण पत्रीका होस गोर्खा ध्वनी लगायत गोर्खा live लगायत अन्य निक्कै सांचारमाध्यम अहिले हामी बिच उपलब्ध छन YouTube  या website अथवा Facebook मार्फत वर्तमान समयमा असमको इन्टरनेट चलाउने गोर्खाहरुले असम या भारतमा भ्एको गोर्खाहरुको सबै जानकारीहरु पाउछन समाचारको रुपमा यो सबै माध्यमहरुबाट । अरु निकै नाम हरु सुनिएको या प्रचारित भ्एको छैन हैन या अरु निकै यस प्रकारको पोर्टल हरु खोलिन्छन पनि होला जस्मा एक दुई साल अघि बाट युवा छात्र छात्राहरुको पहलमा एक web TV  खोलिएको छ जस्को नाम AG Web TV हो असमेली गोर्खा web TV जस्को संचालना महाविद्यालय र विश्वविद्यालयमा पढ़ाइ गर्दै गरेका हाम्रो समाजका केहि राम्रो सोचने युवाहरु छन एम कुमार रिजाल , प्रहलाद छेत्री ,बिपल्ब चमरिया मनोज राई लगायत कृष्ण पौड़ेल संग संगै अनेको नामहरु छन जो प्रकाश्य नभ्ए तापनि कार्यरत छन AG को माध्यम बाट शुद्ध समाचार र विचार गोर्खा समाजको अघि राख्न । असमको सबै कुना समेटेर आफ्नो नामको प्रकाश नगरे तापनि काममा निष्ठाको साथ काम गरेको बुनियाद मै आज AG web TV को Facebook page मा होस या YouTube चैनलमा होस यो नामलाई हेर्ने दर्शकको संख्या वृद्धि भ्एको छ ।
अलि अलि कतै आनुसांगिक कामहरु छोड़ीए तापनि आफ्नो कामलाई निरन्तरता दि रहेको छ जो राम्रो कुराहो गोर्खा समाजको लागी । गोर्खा समाजमा एसरीनै अरु नीकै युवाहरुले AG web TVबाट प्रेरणा पाउदै  सामाजिक संजाल माध्यमको सदुपयोग गरुन सबैको चाहना छ तर निरपेक्ष रहदै सठिक ठोस कुराहरु जनतामा प्रचारित गरेर एक क्रांति को माध्यम पनि web TV हरु बनिनु जरुरी छ किनकि गोर्खा समाजमा वर्तमान कतिपय कुराहरु प्रकाशित हुने गर्दैन्न डरले होस या त अन्य कुनै कारण होस जब सम्म जनतालाई web पेजहरुले सोचन बाध्य बनाउदैन प्रश्न गर्न बाध्य बनाउदैन तबको दिन सम्म सबै चिज copy paste जस्तै रहि रहने छन नया के छ र भन्ने जिज्ञासा सबैमा आउनु पर्छ आज के आउछ ? भन्ने प्रश्न रहनु पर्छ शोध र खोज हुनु पर्छ जनताको प्रतिनिधि भन्नेहरु सम्म जनताको प्रश्न र प्रतिनिधि हरुको उत्तर पुराउन सकेको हुनु पर्छ ।
अंत: AG web TV ले थालनी गरेर जुन तरीकाले आफुलाई अघि राख्दै छ साचो अर्थमा समाजको लागी राम्रो खबर हो यो र अझ अघि जादै नया नया तरिकाले जनता संग सोझो सम्पर्क यो web TVले बनाउन सक्षम होस हामी तेसैको कामना गर्दछौ ।


AGWebTV fb

Sunday, 19 January 2020

वर्तमान समयमा पड्नु पर्ने उपयुक्त विषय : भेटेरिनारी विज्ञान

वर्तमान समयमा पड्नु पर्ने उपयुक्त विषय : भेटेरिनारी विज्ञान


विज्ञान विद्यार्थीका लागि उच्चतर माध्यमिक पढीसकेपछि आफ्नो पढाई अझ अघि सार्न एक प्रश्न खडा हुन्छ –‘अब के पढ्ने?’ मेधा  विद्यार्थीले सामान्यत: आई. आई. टी. तिर ध्यान दिन्छन । आम विद्यार्थीले भने म्याडिकल या इन्जिनियरिङ्ग तिर । तर समयको साथ साथ यस कुरामा पनि बदलाव आएको छ। गत  दुईवर्षमा प्राय: 2000 जना विद्यार्थीले  आई. आई. टी.को पढाई छाडेको खबर छ।म्याडिकल या इन्जिनियरिङ्ग विधामा पनि अघिअघिको भन्दा आकर्षण  कम्ति भएको देखिन्छ । विद्यार्थीले आफ्नो केरियर चयन गर्दा मुख्यतः तीन कुराले महत्व पाएको हुन्छ- 1) आफ्नो रुचि, 2) जागिर पाउने सम्भवना र  3) जागिर पाएपछि  त्यसको सुरक्षा । पढाइ तुर्याइसकेपछि प्राय:जसोले व्यक्तिगत खण्डका जागिरमा पस्छन्। तर त्यहाँ उनीहरूको अत्याधिक खट्नी हुन्छ। धेरै जसोलाई कामको तनावले सताएको हुन्छ। तर सरकार जागिरमा भने निकै आराम हुन्छ, भविष्यको निश्चयता पनि रहन्छ हुनत यसलाई पाउनुमा निकै पाप्पड बेल्नु पर्छ।
यी सबै पक्षलाई मध्यनजर राख्दा पशु पालन र पशु चिकित्सा (भेटेरिनारी) सर्वोत्तम पेशा देखिन्छ। व्यक्तिगत होस् या सरकारी खण्ड, जागिर प्रायः निश्चित छ । त्यतिमात्र होइन; जागिर नगरेर आफैंले व्यवसाय गर्नु या फार्म खोल्नुभन्दा पनि उन्नतिको प्रचुर सम्भावना छ। हिजोआज विभिन्न सरकारी प्रकल्प अन्तर्गत कम व्याजमै ऋण पनि पाउन सकिन्छ। त्यसबाहेकै सरकारी subsidy (विशेष छुट) त हुन्छ नै।


भेटेरिनारीको स्नातक डिग्री (ब्याचलर ऑफ भेटेरिनारी साइन्स एंड अनिमल हास्बेनडारी) प्राप्त गरे पछि रोजगार या नोकरीको अवसर पनि थुप्रै छन l सरकारी अधिकारी  बन्ने ढोका खोलिन्छ, जस्तै: पशु चिकित्सा पदाधिकारी, पशु चिकित्सा प्रसार अधिकारी, नगर पालिकाका हस्पताल या चिडियाखानामा चिकित्सक, अनुसन्धान केन्द्रहरूमा शोध सहायक आदि, शिक्षा  प्रतिष्ठानहरूमा अध्यापक, पौलट्री शोध अधिकारी  आदि l एस बाहेक गैर सरकारी भेटेरिनारी हस्पताल, निजस्व कोम्पानीहरू, जस्तै ह्याचरी, दाना या औषधी कोम्पानी ,पौलट्री इन्ट्रीग्रेटर, प्रोसेसिङ्ग कोम्पानी आदिमा पनि  जागिर पाउन सकिन्छ l भारत वर्षको थल सेनाको चिकित्सा कोरमा लेफटेनेंट रेंकमा सर्ट सर्विस कमिसन प्राप्त गर्न सकिन्छ l उता सशस्त्र सीमा बल, इन्डो  टिबेटियन बोर्डर फोर्स, बोर्डर सिकिउरिटी फोर्स, आसाम राईफल्स आदिमा भेटेरिनारी ओफ़िसरको जागिर पाउन सकिन्छ l यदि कसैको जागिर गर्ने इच्छा छैन भने स्वतन्त्र  प्राइवेट प्रेक्टिस पनि गर्न सकिन्छ l
एकजना पशु चिकित्सकलाइ सरकारी जागिरमा सुरुवातको बेतन प्राय: ४६ देखि ५० हजार रुपियाँ सम्म प्राप्त हुन्छ , जबकि गैर सरकारी संस्थानहरूमा ३५ देखि ४० हजार प्रति महिना प्राप्त हुन्छ  l   निजी क्लिनिक खोलेर पनि रुपियाँ कमाउन सकिन्छ l एस  बाहेक आँफैले पशुहरू पालेर अर्थात् फर्मिंग गरेर पनि आत्म नियोजन गर्न सकिन्छ l असमका मानिसहरू प्राय:जसो नै आमीष भोजी भएकाले गर्दा ब्रोइलर  अथवा कुखुराको फुल उत्पादन गरी आर्थिक  निकै लाभवान हुन  सकिन्छ l  पशु पालन त हाम्रो परम्परा मैं  जडित छ भन्दा अत्युक्ति नहोला l त्यसै परिप्रेक्षमा भन्न जाँदा विज्ञान सम्मत पद्धतिले गो पालन, बाख्रा पालन, बंगुर (उन्नत जातका सुँगुर) पालन गरी पनि मासिक राम्रो आय उपार्जन गर्न सकिन्छ जुन चाहिं सरकारी जागिरको तनखा भन्दा बरु बढी नै हुन्छ l कुनै पनि भेटेरिनारी ग्रेजुवटलाइ ब्यांकहरूले कम ब्याजमा ऋण दिने प्रावधान छ l

भेटेरिनारी साइन्स  (पशु पालन र पशु चिकित्सा) अन्तर्गत जीव-जन्तु पालन र यिनीहरूमा हुँने रोगका उपचार एवं अनुसन्धान सम्बन्धि अध्ययन गरिन्छ l यस बिषयमा इच्छुक प्रार्थीले भौतिक विज्ञान, रसायन र जीव विज्ञानसंग हाइयार सेकेण्डरी परिक्षामा कमसे कम ६० प्रतिशत अंक लिएर उत्तीर्ण हुनु पर्छ l भेटेरिनारी साइन्स  पढ्नका लागि दुइ प्रकारले आसन पाइन्छन  : भारतीय पशु चिकित्सा परिषद अन्तर्गतका आसन र भेटेरिनारी कालेजका आफ्नै आसन l भारत वर्षका विभिन्न भेटेरिनारी कालेजहरूमा जति पनि आसन छन् तिनका १५ प्रतिशत आसन उक्त परिषदले आफ्ना हातमा राखेको हुन्छ l यी आसन पाउन परिषदले आयोजन गरेको अखिल भारतीय स्तरको प्रवेश परीक्षामा उत्तीर्ण हुनु पर्दछ l उत्तीर्ण भएका प्रार्थीले भारत वर्षका विभिन्न भेटेरिनारी कलेजहरूमा यी  १५ प्रतिशत आसनमा भर्ना हुन पाउँछन l भारत वर्षका विभिन्न भेटेरिनारी या कृषि विश्वविद्यालयहरूमा रहेका ८५ प्रतिशत आसनका लागि यिनिहरू आँफैले प्रवेश परीक्षा आयोजन गर्छन l  त्यसैले एसका लागि भिन्नै आवेदन गर्नु पर्छ l यो  कोर्सको अवधि साढे ५ बर्षको  हुन्छ, जसमा साढे ४ बर्षको डिग्री कोर्स हुन्छ अनि अन्तिम एक वर्षको इन्टर्नशिप हुन्छ l कोहि विशेषज्ञ हुन  चाहेमा अझ दुइ वर्ष पढी पोस्ट ग्रेजुएसोन  या एम. भी. एस. सि. डिग्री हाँसिल गर्न सकिन्छ l स्नातक पाठ्यक्रममा विद्यार्थीलाइ फिजिओलोजी, एनाटोमी, पेथोलोजी, लाइव्स्टोक प्रडाकसन एण्ड म्यनाज्मेंट, नुट्रीसन, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी, मेडिसिन, फर्माकोलोजी, पारासाइटोलोजी, ब्रिडइंग, गाइनिकोलोजी जस्ता बिषयहरू पढ़ाइन्छ l स्नातकोत्तर डिग्री लिंदा भने यी यी बिषयहरू छुट्टा छुट्टै पढ्नु पर्दछ l स्नातक डिग्रीको निम्ति प्रार्थीको आयु  १७ बाट २१ बर्षको हुनु पर्छ l यसको चयन  प्रक्रिया अप्रेल - जुन महिनामा हुन्छ l परिक्षामा बस्तुनिस्ट प्रश्नहरू सोधिन्छन , जसमा सामान्य ज्ञान, भौतिक विज्ञान, रसायन विज्ञान तथा जीव विज्ञान सम्बन्धित प्रश्नहरू सोधिन्छ l यसको प्रश्नपत्र दुइ घण्टाको हुन्छ जसमा १२० वटा प्रश्नहरूको जवाफ दिनु पर्छ l पशु चिकित्सा परिषदले आयोजन गरेको परीक्षामा सफल प्रार्थिले आँफुले रोजेको कलेजमा एडमिसन पाउँछन l वि. वि.ले आयोजन गरेको  परीक्षामा सफल प्रार्थिले भेटेको अंक अनुसार कलेजमा एडमिसन पाउँछन l यस कोर्समा उत्तीर्ण हुन प्रार्थीले कूल ५ देखि ६ लाख जति सम्म रुपियाँ खर्च गर्नु पर्दछ l अधिक जानकारीको लागि भारतीय पशु चिकित्सा परिषदको वेब साइट हेर्न सकिन्छ l
आसाममा गुवाहाटीको खानापारामा र लाखिमपुरको जयहिङ भन्ने ठाउँमा दुइटा भेटेरिनारी कलेज छन, जसमा क्रमै: १०० र ४० वटा आसन छन l यिनका २१ वटा आसन भेटेरिनारी परिषदको अन्तर्गत र २६ वटा आसन पूर्वोत्तर भारतका राज्यहरूका विद्यार्थीका लागि संरक्षित राखिएका हुन्छन l  यी सात राज्यहरूका आ-आफ्नै आसन छन र राज्यहरूले आफ्ना विद्यार्थीहरू आँफै चयन गरी पठाउँछन l आसामका प्रार्थिहरूले चाहिं प्रवेश परीक्षा दिएर भर्ना हुनु पर्दछ l यी दुवै कलेजहरूमा प्राय: ५०-५४ वटा आसनहरू छन जुन चाहिं साधारण वर्गका प्रार्थीका लागि मुक्त राखिएका छन l

ड. देवेन सापकोटा
प्राध्यापक. असम कृषि विश्व विद्यालय
खानापारा,गुवाहाटी
चलभाष: ९४३५३०९२३५

प्रश्नचिह्न ,गोर्खा जातिको सांस्कृतिक नृत्य, गीत के हो!

प्रश्नचिह्न
गोर्खा जातिको सांस्कृतिक नृत्य, गीत के हो!
                                   
                                  रजत भारद्वाज
                                   (9085928510)
भारतमा बसोबास गर्ने भारतीय गोर्खा भनि आफुलाई परिचय दिने हामी । हाम्रो भाषा के हो ? भनि प्रश्न कसैले सोधो भने हामी उत्तर दिनछौ नेपाली । गोर्खाहरुले लगाउने टोपीको नाम के हो भन्दा हाम्रो उत्तर हुन्छ भात गाउले या ढाकाको टोपी । गोर्खाले खाने खाद्यको नाम भन्दा सोझै सबैले जानेको अनि लोकप्रिय खाद्यान्नको नाम हामी भनिन्छ गुन्द्रुक ।
तर एक मुष्ठ गोर्खाजातिको प्रमुख नृत्य अनि गीत कुन हो भनि प्रश्न आउदा एउटा उत्तर छ त हामी संग ! बिहु भन्दा असमीया चिन्निन्छन ,बागुरूमबा भन्दा बोरो , झुमुर भन्दा अदिवासी ,अब कसैलाई सोधने हो भन्ने पंजाबीहरुको नृत्य के हो ? उत्तर सबैको मनमा आयो तर लु बल बाहदुर छेत्री, राम प्रसाद उपाध्याय, रण बहादुर सोनार ,मन बहादुर सुब्बा तिम्रो जातीय नृत्यको नाम भनत भन्दा उत्तर के आउछ थाहा छ देउसी,भैलो ,चेमरुङ्ग , धाननाच,खुकुरी नाच अरुके के छ के के !!!! तर एउटा उत्तर छ त ? गोर्खाहरुको जातिय नृत्यके हो भन्दा ? के एउटा उत्तर छ त गोर्खाहरुको जातिय गीत के हो भन्दा ? छैन संगिनि छ तीज गीत छ दोहोरी छ अरु के के छ छ भक्कु नृत्य छन थुपरो गीत छन तर एउटा प्रमुख गीत अथवा नृत्य छैन गोर्खा जातिको जो भन्दै गोर्खा चिनियोस विश्वमा जसरी असमीया ,पंजाबी,आदिवासी चिनिएको छन ।
युद्धमा खुकुरी भन्दा गोर्खा चिनिन्छ कति राम्रो लागछ तो गोर्खालाई जब खुकुरी भन्दै तेस्को बिम्बले गोर्खा चिनाउने गर्छ । गुन्द्रुक भन्दा गोर्खा चिनिन्छ खाद्यान्नको विषयमा । जातिय वाद्ययंत्रमा मादलले गोर्खा चिनाउछ । तर दुर्भाग्य एउटा विषेश गीत छैन विषेश एउटा नृत्य छैन जस्ले गोर्खाको सांस्कृतिक परिचय जोगाउन सकेको छ नाहि तो नृत्य भन्दै गोर्खा चिनिएको छ । कही अर्कै नृत्य छ कतै अर्कै नृत्य स्थायीत्व छैन हाम्रो परिचयको भ्रमित हामी आफै पार्छौ तेसैले अब एउटा जातीय गीत र नृत्य निकालु जरुरी छ । एस्तो एउटा गीत वा नृत्य जसले समग्रमा गोर्खाहरुको परिचय बोकेर लैजान सकोस जाहा देखियोस गोर्खाहरुको बलिदान, देशप्रेम ,साधुता , विश्वसत्ता ,मिलनता तर कहिले ? कति सानो तर कति सारो प्रश्न जस्को उत्तर पाहिन्छ होला र भन्ने संका छ प्रश्नकर्तालाई पनि जुन प्रश्नको उत्तर अहिले सम्म पनि पाईएको छैन सायद पाहिदैनपनि होला जहिले सम्म हामीमा लाज पचाउने पाचनशक्ति छ ।
जहिले सम्म हामी खिच्चा भयेर बस्न सकछौं तहिले सम्म गोर्खा जातिको एउटा परिचय मुलक जातीय नृत्य र गीत के हो ? भन्ने प्रश्नको उत्तर पाईदैन ,,के हामी अझै खिच्चा नै भै यो प्रश्नको उत्तर नदिने त ?

Thursday, 16 January 2020

गोर्खाका लागि गर्वको कुरा होइन र....?

गोर्खाका लागि गर्वको कुरा होइन र....?

       सन् २००२मा मैले Ramkrishna Mission Vivekanand  Culteral Centre,Shillong का लागि स्वामी विवेकानन्दको विशालकाय तैलचित्र मेरो कल्पनाले सृजित दृश्यसँग मिलाएर चित्रांकित गरेको थिएँ|यस तैलचित्रमा पहाडमा फुल्ने गोर्खाको प्रतीक "गुराँस"लाई पनि मैले प्रश्रय दिएको छु|यो तैलचित्र अहिले पनि उक्त सांकृतिक केन्द्रमा सजिएको छ तर गोर्खाको कुनै पनि संग्रहालयमा मेरा तैलचित्रहरू सजिएका छैनन् --दार्जीलिंगको "गोर्खा दुृ़:ख निवारक सम्मेलन" छाडेर|उक्त सम्मेलनलाई मैले सन् १९९९ मा शिलांग र दार्जीलिंगमाझ मैत्रीसम्बन्ध बलियो एवम् मधुर होस् भन्ने सम्झनामा कवि अगमसिंह गिरीको तैलचित्र शिलांगमा चित्रांकित गरेर शिलांगबाट दार्जीलिंग पुगीकन प्रदान गरेको थिएँ| त्यसपछि म दार्जीलिंग अझसम्म पुगेको छैन |नपुगेको पनि २० वर्ष हुन लागिरहेछ|२० वर्षको अन्तरालले यो विश्वमा धेरै परिवर्तन ल्याउँछ|
        दार्जीलिंगमा पनि ल्यायो|सुवास घिसिंगपछि "गोर्खाल्याण्ड"-लाई लिएर आन्दोलन भयो त्यहाँ विमल गुरुंगको नेतृत्वमा|धेरै गोर्खा सपुतहरू मारिए तर उपलब्धि केही भएन|उपलब्धि केही भयो भने, विमल गुरुंग गुप्तवास बसेर विश्राम लिने उपलब्धि|विनय तामांग विमल गुरुंगलाई धोका दिएर ममताको पछ्यौरी समात्ने उपलब्धि|राजु विष्ट सांसद भएर बीजेपीको गुगान गाउने उपलब्धि|यी उपलब्धिमा परिवर्तनका धेरै कथाहरू लेखिएपछि म भन्न सक्तिनँ--अहिले "गोर्खा दु:ख निवारक सम्मेलन",  दार्जीलिंगमा अगमसिंह गिरीको तैलचित्र सजिएको छ कि छैन?
     शिलांगको  Ramkrishna Mission Vivekanand Culteral Centre मा भने मद्वारा चित्रांकित तैलचित्र सजिएको छ स्वामी विवेकानन्दको रूपमा|यसबारे शिलांगका धेरै गोर्खाहरूलाई थाहा छैन|थाहा राख्ने रुचि पनि छैन गोर्खाहरूलाई "गुखा" छाडेर |जसलाई थाहा छ, उनीहरूबीच धेरैले मसँग नाक खुम्चाउँछन्|उपर्युक्त कुराहरूको पुष्टि म यसरी दिन्छु--
     उल्लिखित "विवेकानन्द सांस्कृत केन्द्र"-मा मद्वारा चित्रांकित स्वामी विवेकानन्दको तैलचित्र सजिएको आज १७ वर्ष भयो|उक्त तैलचित्र उक्त सांस्कृति केन्द्रको  शभागृहको रंगमंचमा सुशोभित छ|प्रत्येक वर्ष स्वामी विवेकानन्दको जयन्ती मनाउँदा रंगमंचमा शिलांगका विभिन्न समुदाय (विशेष विद्यार्थीहरू)-का युवावर्गले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेगर्छन् शिलांगको "रामकृष्ण मिशन"-को तत्वावधानमा |यस कार्यक्रमलाई शिलांगबाट प्रकाशित हुने इंगलिश दैनिक समाचारपत्र "The Shillong Times"-ले जहिले पनि आफ्नो Front page मा ठाउँ दिनेगर्छ,जुन कार्यक्रमको फोटोमा यो क्षुद्र चित्रकारद्वारा चित्रांकित स्वामी विवेकानन्दको तैलचित्र परिलक्षित हुनेगर्छ|
     यहाँ तपाईँहरूलाई जानकारी दिऊँ--The Shillong Times शिलांगका धेरैजसो गोर्खाहरूले पढ्छन्|पढेलेखेका,मास्टर डिग्री लिएका ,पीएचडी गरेका गोर्खाहरूले त्यसै पनि पढ्नेभए|उनीहरूले पढ्दा स्वामी विवेकानन्दको तैलचित्र निश्चय पनि देखेको हुनुपर्छ तर यतिका १७ वर्षभित्र अझसम्म शिलांगका एकजना गोर्खे(म जन्मेको गाउँकोले पनि)-ले मलाई भनेको छैन--"तपाईँले बनाउनुभएको स्वामी विवेकानन्दको प्यान्टिंग The Shillong Times मा छापिएको थियो|देखेँ|"
    वास्तवमा भन्ने हो भने, गोर्खेले उक्त तैलचित्र देखेर गर्व गर्नुपर्ने हो|यस्तो किन लेखेँ भने, बंगाली समाज गोर्खाली समाजभन्दा कुनै पनि क्षेत्रमा अरूका स्वार्थका लागि लड्ने बाहेक अगाडि छ|स्पष्ट छ--शिलांगका बंगाली समाज पनि शिलांगका गोर्खा समाजभन्दा कुनै पनि क्षेत्रमा अगाडि छ|मभन्दा चित्रकलामा  डिग्री लिएका दक्ष चित्रकारहरू शिलांगको बंगाली समाजमा छन् र पनि यो गोर्खे चित्रकार, जसले चित्रकलामा कुनै डिग्री लिएको छैन,पल्टनमा भर्ती नभएसम्म रंग र ब्रुस किन्न सकेन, लाई स्वामी विवेकानन्दको तैलचित्र चित्रांकित गर्ने कुरामा "रामकृष्ण मिशन",शिलांगले शिलांगको बंगाली समाजबाट बंगाली चित्रकार चयन नगरी चयन गर्नु गोर्खाका लागि गर्वको कुरा होइन र?गर्व तब गरिँदो रहेछ, जब कलाको महत्व बुझ्ने समाज हुनुपर्छ तर गोर्खे समाज कलाको सन्दर्भमा पछाडि |"गुखा"-को सन्दर्भमा अगाडि छ अनि त केको भनोस्--"तपाईँको प्यान्टिंग शिलांग टाएम्समा छापिएको देखेँ? "
    तर अरू समाज भने सचेत छ|यसबारे कुरा यो हो--
    हाम्रो घर "The Shillong Times"-को नित्य ग्राहक हो |म सधैँ बिहान उक्त समाचारपत्र पढ्ने गर्छु  तर मैले सातादिनबाट "The Shillong Times" पढ्न छाडेको थिएँ केही काममा अल्झिने हुँदा|हिजो हो १५ जनवरी माघे संक्रान्तिको दिन मलाई भेट्न भनेर शिलांगको रेलबुंगमा बस्ने Bolen Rai मेरो सानो कोठामा आएका थिए|उनीसँग मेरो परिचय दुई वर्ष अगाडि दीया भाञ्जीको माध्यमबाट मेरै कोठामा भएको थियो|उनी बिहारी हुन् |चित्रकलामा रुचि|यही विषय लिएर उनले Army School ,शिलांगमा शिक्षक छन्|उनी मलाई भेट्न आएका कारण के थियो भने, मलाई बधाई दिन|बधाई दिने कारण --१३ जनवरी सोमबारको "The Shillong Times" अंकमा वर्णित तैलचित्र छिपिएकोमा.... छापिएकोमा|यो कुरा उनले मलाई जनाए... जनाए... 
      -विक्रमवीर थापा... 
           ------@@@----
(यो लेखसँग सम्बन्धित फोटोहरू|बिरालो र काले कुकुरलाई लिएर खिचिएको मेरो ताजा फोटो| हाम्रा मान्छेहरूले कलामा रुचि राख्दैनन्|बिरालो र कुकुरले रुचि राख्छन् कि भनेर The shillong Times बिरालो र कुकुरलाई देखाएको|Bolen Rai को फोटो हाल्न सकिनँ कारण हिजो उनी मकहाँ आउँदा मेरो मोबाइल चार्ज नभएर बन्द थियो|बिजुली बत्ती पनि थिएन|जेहोस्,म Bolen Rai प्रति आभार व्यक्त गर्दछु जनाएकोमा--"विक्रम")

Wednesday, 15 January 2020

অসমীয়া গোৰ্খাসকলৰ ঐতিহাসিক দস্তাবেজ

   অসমীয়া গোৰ্খাসকলৰ ঐতিহাসিক দস্তাবেজ

             সংগ্ৰাহক - ৰাজেন্দ্ৰ ৰাজু দাহাল 

                                বৰছলা , শোণিতপুৰ



১৮১৫ চনত স্বাক্ষৰিত সোগৌলী সন্ধি মতে চুবুৰিয়া ৰাষ্ট্ৰ নেপালে ৫০ হজাৰ বৰ্গ কিলোমিটাৰ ভূ-ভাগ বৃটিছ চৰকাৰক এৰি দিব লগিয়া হৈছিল ৷ সেই অনুসাৰে এই ঠাইত বসবাস কৰা গোৰ্খাসকল ভাৰতীয় হৈ পৰিছিল ৷ তাৰোপৰি পৰাক্ৰমি আৰু নিপুন যোদ্ধা গোৰ্খাসকলৰ সাহস দেখি বিভিন্ন সময়ত অসমৰ সীমা সুৰক্ষা আৰু আভ্যন্তৰিণ আইন শৃংখলা বজাই ৰাখিৱলৈ অধিকাংশ গোৰ্খা সকলক Assam Light Infantry , Gorkha Rifles , Cachar Levy Frontier Policeত অন্তৰ্ভুক্ত কৰাইছিল ৷ ১৮৬৩ চনত সীমা আৰক্ষীৰ তিনিটা বেটেলিয়ান গঠন কৰি কোহিমা , ডিব্ৰুগঢ় আৰু শিলচৰত থকা হেড কোৱাৰ্টৰ অধিনত অসমৰ বিভিন্ন অঞ্চলত গোৰ্খাসকলক নিয়োগ কৰিছিল ৷ তাহানিৰে পৰা তেখেতসকলে নিজৰ সতি সন্তানৰ সৈতে বংসানু ক্ৰমিকভাবে সেই ঠাইত বসবাস কৰি আহিছে ৷
     অসমৰ পৰা মানক খেদিৱলৈও গোৰ্খাসকলৰে অৱদান আছে বুলি ইতিহাসৰ পৃষ্ঠাত সোনালি আখৰেৰে লিখা আছে ৷ ইতিহাসৰ প্ৰতিটো পাত লুটিয়াই ছালে কামৰুপ ৰাজ্যত গোৰ্খাসকলৰ বসতিস্থল অত্যন্ত বৃহৎ আছিল বুলি তথ্য পোৱা যায় ৷ অসমীয়া জ্যেষ্ঠ সাহিত্যিক ডা° মহেশ্বৰ নেওগৰদ্বাৰা সম্পাদিত " কনকলাল বৰুৱা , অসমৰ প্ৰাথমিক পৰ্য্যায়ৰ ইতিহাসবিদ" ( studies in the Early History of Assam , edited by Dr. Maheswar Neog , 1973 , p- 8) নামৰ কিতাপত মোৰ্য বংশৰ শেষৰ পিনে আৰু গুপ্ত বংশ মধ্য সময়ত নেপালৰ বহুতো অঞ্চল কামৰুপ ৰাজ্যৰ অধিনত থকাৰ প্ৰমান পোৱা যায় ৷
    ভৱানীপুৰৰ গোপাল আাতাৰ প্ৰিয় শিষ্য আৰু মোৱামাৰা বৈষ্ণৱ ধৰ্মৰ মূখ্য গুৰু শ্ৰী শ্ৰী অনিৰুদ্ধদেৱ(১৫৫৩-১৬২৬)ৰ পূৰ্ব পুৰুখসকল নেপাল দেশৰ ভক্তপুৰ নামৰ ঠাইত থকাৰ তথ্য 'ভূধৰ দাসৰ' 'মোৱামাৰা বৈষ্ণৱ ধৰ্মৰ জিলিঙনি' কিতাপৰ ২নং পৃষ্ঠাত উল্লেখ আছে ৷
  ১৮৭২ চনত ভাৰতবৰ্ষত আৰম্ভ কৰা লোকপিয়ল অনুসৰি সৈই সময়ত অসমত প্ৰায় 1635 গোৰ্খা সম্প্ৰদায়ৰ লোক আাছিল ৷ 'Planter Raj to Swaraj' নামৰ কিতাপ(১৯১৯-২০)ৰ ১৩নং পৃষ্ঠাত অসমৰ সাহিত্যিক গৱেষক ডা° অমলেন্দু গুহয়ে কয় যে " The overwhelming bulk of this cattle again belonged to six thousand and nineteen professional graziers of whom , excepting a few hundred , all were Nepali graziers."
     বৃহত্তৰ কামুৰুপ অধিৰাজ্যত বংশানুক্ৰমিক ভাৱে আজন্মৰে পৰা বসোবস কৰি আহা গোৰ্খাসকলক ষোল্ল শতিকাত জন্ম গ্ৰহন কৰা নেপাল ৰাষ্টৰ সৈতে সম্পৰ্ক দেখুৱাব খুজি বিভিন্ন সময়ত এচামলোকে অতিজৰে পৰা অসমঅতিজৰে পৰা অসম মাতৃৰ হকে প্ৰাণ আহুতি দিয়াৰ লগতে অসমৰ যিকোনো ক্ষেত্ৰতো অস্মৰণীয় অবদান আগবঢ়োৱা গোৰ্খা জাতিৰ বলিদান আৰু ত্যাগৰ প্ৰতি প্ৰশ্ন কৰাৰ লগতে বৃহৎ অসমীয়া জাতি সত্তাৰ এনাজৰি চিঙাৰো ষড়যন্ত্ৰ ৰচে ৷

  জয় গোৰ্খা
জয় আই অসম



নতুন চিন্তাৰে প্ৰভাৱিত যুৱ প্ৰজন্ম আৰু সমাজ ব্যৱস্হা

নতুন চিন্তাৰে প্ৰভাৱিত যুৱ প্ৰজন্ম আৰু সমাজ ব্যৱস্হা
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
                                    ✍️ কৃষ্ণ ভূজেল
                                       ( ৯১০১১৫৮৬৩৭)

সময় পৰিৱৰ্তনশীল । সময়ৰ পৰিৱৰ্তনৰ লগে-লগে সমাজ ব্যৱস্হা , মানুহৰ চিন্তাধাৰা , আচাৰ-ব্যৱহাৰ সকলোবোৰ পৰিৱৰ্তন হব ধৰে। কাৰণ মানুহৰ চিন্তাধাৰাবোৰ পৰিৱেশ আৰু পৰিস্হিতি সাপেক্ষেহে গঢ়ি উঠে । পৰিৱৰ্তনৰ এই পথেৰে আহি আহি সময়ে আজি আধুনিক যুগত ভৰি দিছেহি , য'ত বিজ্ঞান প্ৰযুক্তিৰ জয়জয়কাৰে অসম্ভৱ শব্দটোক অৰ্থহীন কৰি তুলিছে । আধুনিকতাই মানুহক  আধুনিকভাৱে চিন্তা - চৰ্চা কৰিবলৈ , আধুনিক আৰু উন্নতভাৱে জীৱন যাপন কৰিবলৈ শিকাইছে। এই পৰিৱৰ্তন আৰু আধুনিকতাৰ কবলতেই পৰি আজিৰ যুৱপ্ৰজন্মৰ চিন্তাধাৰাবোৰ আগতকৈ ভিন্ন আৰু ব্যতিক্ৰমী হব ধৰিছে ,তেওঁলোক যেন বহু ক্ষেত্ৰত পৰম্পৰাৰ বিৰোধী আৰু নতুনত্বৰ প্ৰতি আগ্ৰহী হৈ পৰিছে। সেয়ে আজি বৌদ্ধিক মহলত চৰ্চাৰ মূল বিষয়বস্তু হিচাপে স্হান পাইছে ' নতুন চিন্তাৰে প্ৰভাৱিত যুৱ প্ৰজন্ম আৰু সমাজ ব্যৱস্হা'।
          অসম তথা ভাৰতবৰ্ষৰ সমাজ ব্যৱস্হাৰ এক সবল ঐতিহ্য আছে। বিভিন্ন ৰীতি- নীতি আৰু পৰম্পৰাৰ দোলেৰে বান্ধ খাই আমাৰ সমাজ ব্যৱস্হাটো গঠিত হৈছে । জন্মলগ্নৰে পৰা আমাৰ সমাজৰ নিদিষ্ট নীতি-নিয়ম , বিচাৰ ব্যৱস্হা , পৰিচালনাৰ ব্যৱস্হা, পৰম্পৰা আদি আছে । সমাজৰ যিকোনো সমস্যাৰ ওপৰত ৰাইজে সমবেত হৈ বিচাৰ- বিবেচনাৰে সিদ্ধান্ত লয় আৰু উৎসৱ পাৰ্বনো একেলগে উদযাপন কৰে। এইধৰণেই সময়ৰ ধুমুহাক নেওচি যুগে যুগে আমাৰ সমাজ ব্যৱস্হা চলি আহিছে । কিন্তু একবিংশ শতিকাৰ সাম্প্ৰতিক প্ৰেক্ষাপটত আধুনিক চিন্তাৰে প্ৰভাৱিত যুৱ প্ৰজন্মৰ বাবে সমাজৰ পৰম্পৰা, ৰীতি - নীতি মানি জীৱনটোক অতিবাহিত কৰাটো যেন প্ৰত্যাহ্বান হৈ পৰিছে। কাৰণ তেওঁলোকে জীৱনটোক নিজে বিচৰা ধৰণে, মুক্তভাৱে অতিবাহিত কৰিব বিচাৰে, বান্ধোন তেওঁলোকৰ বাবে যেন অসহ্যকৰ। সেইবাবেই ভিন্ন সময়ত যুৱ প্ৰজন্মসকল সমাজত প্ৰচলিত বহুতো পৰম্পৰা আৰু ৰীতি- নীতিৰ বিৰুদ্ধে থিয় দিয়া দেখা যায় । ইয়াকে লৈ সচেতন মহলত যথেষ্ট চৰ্চা হব ধৰিছে  আৰু তাৰ মাজতেই দুই চাম লোকৰ সৃষ্টি হৈছে । তাৰে এচামৰ মতে , যুৱপ্ৰজন্মসকলে সমাজৰ পৰম্পৰাবোৰক এৰি বৈজ্ঞানিক চিন্তাধাৰাৰে নিজক গঢ়িব লাগে। আনহাতে , অন্য এক চামৰ মতে যুৱপ্ৰজন্মসকলে সমাজৰ পৰম্পৰাক ত্যাগী জীৱন অতিবাহিত কৰাটো অনুচিত। বৈজ্ঞানিক চিন্তাধাৰা আৰু পৰম্পৰা দুয়োটা চিন্তাধাৰাৰ মাজেৰেহে নিজক গঢ়িব লাগে । এইদৰে সমাজত যুৱপ্ৰজন্মসকলৰ জীৱন প্ৰণালীক লৈ দুই পৰস্পৰ বিৰোধী চামৰ জন্ম হোৱা দেখিবলৈ পোৱা গৈছে  আৰু দুয়ো নিজৰ নিজৰ স্হান আৰু যুক্তিত শুদ্ধ বুলি নিজক প্ৰতিপন্ন কৰিব বিচাৰে।
         চৌপাশে উন্নয়ন আৰু প্ৰতিযোগিতাৰ বতাহ বলা এই উন্নত শতিকাৰ বাসিন্দা হৈ এইধৰণৰ বিষয়ত  বিতৰ্ক কৰাটো সময়োপযোগী নহয় যদিওঁ জৰুৰী হৈ পৰিছে।  আধুনিক চিন্তাধাৰা , পৰম্পৰা , সমাজ ব্যৱস্হা , যুৱপ্ৰজন্ম এই সকলো বিষয়ৰ ওপৰত সৃষ্টি হোৱা বিতৰ্ক সমস্যাৰ সমাধানৰ উপায় হিচাপে আমিবোৰে এক নতুন জীৱনৰ পাতনি মেলিব লাগিব , নিজক সলনি কৰি যোগাত্মকভাৱে প্ৰতিষ্ঠা কৰিব লাগিব । যাৰ নাম 'প্ৰাসংগিক জীৱন '। অৰ্থাৎ যুৱ প্ৰজন্মসকলে সময়ৰ আৰু পৰিৱেশৰ প্ৰাসংগিকতাৰ ওপৰত নিৰ্ভৰ কৰি নিজৰ জীৱনটোক অতিবাহিত কৰিব লাগিব । সমাজত প্ৰচলিত ৰীতি - নীতি , পৰম্পৰাৰ ভিতৰত যিবোৰ প্ৰাসংগিক তথা প্ৰয়োজনীয় , যাৰ জৰিয়তে সমাজৰ লগতে নিজৰো উন্নয়ন সাধন কৰিব  পাৰি তেনে পৰম্পৰাক  আঁকোৱালি লব লাগে আৰু যিবোৰ পৰম্পৰা আৰু ৰীতি- নীতি অবৈজ্ঞানিক ,  মানৱতা আৰু উন্নয়নৰ বিৰোধী সেইবোৰক ত্যাগ কৰি বৈজ্ঞানিক প্ৰাসংগিক চিন্তাধাৰাৰে নিজক গঢ়ি তুলিব লাগে । তেনে কৰিলেহে সমাজ আৰু যুৱ প্ৰজন্ম উভয়ে উপকৃত হব , দেশৰ বাবে সুবাৰ্তা  আহিব।
       'প্ৰাসংগিক জীৱন' ত যুৱপ্ৰজন্মসকলে সমাজৰ ৰীতি- নীতি আৰু নিজৰ চিন্তাধাৰাৰ মাজত প্ৰাসংগিক চিন্তাধাৰাক উপলব্ধি কৰিব লাগিব আৰু তাক হৃদয়ংগম কৰি জীৱনত বাস্তবায়িত কৰিব লাগিব  । যেনে সমাজত প্ৰচলিত বিভিন্ন অন্ধ বিশ্বাস , বৰ্ণবৈষম্য আদিবোৰ অপ্ৰাসংগিক , সেয়ে এইবোৰক ত্যাগ কৰিব লাগে আৰু বিভিন্ন প্ৰাসংগিক বৈজ্ঞানিক চিন্তাধাৰাবোৰক আঁকোৱালি লব লাগে । তেতিয়াহে সমাজত উন্নয়ন সম্ভৱ । আধুনিক চিন্তাৰে প্ৰভাৱিত যুৱ প্ৰজন্মসকলে এটা কথাক গুৰুত্বসহকাৰে লোৱাটো উচিত যে , তেওঁলোকৰ আধুনিক জীৱনে যাতে সমাজৰ মানদণ্ড হ্ৰাস নকৰে। অৰ্থাৎ সৰুৱে -ডাঙৰক সন্মান কৰা, পিতৃ- মাতৃক সন্মান কৰা, বয়োজেষ্ঠসকলক সন্মান কৰা, শিক্ষাগুৰু সকলক সন্মান কৰা , ডাঙৰে-সৰুক মৰম কৰা, সমাজ পৰিচালনাৰ নিদিষ্ট নিয়ম-নীতিক পালন কৰা এই সকলোবোৰ সমাজৰে এক ৰীতি, বিষয়বস্তু । যিয়ে সমাজৰ মানদণ্ডক উচ্চ শিখৰত ৰাখে, সমাজক জীয়াই ৰাখে । কিন্তু দেখিবলৈ আৰু শুনিবলৈ পোৱা যায় যে  আধুনিকতাৰ কবলত পৰি বহু যুৱ প্ৰজন্মই বহু ক্ষেত্ৰত সৰু -ডাঙৰ , বয়োজেষ্ঠ এইসম্পৰ্কবোৰ যেন নমনা হৈছে, সন্মান কৰিব নজনা হৈছে, কেৰেপ নকৰা হৈছে । এই কেৰেপ নকৰাৰ নীতিৰ কবলত পৰি নৈতিকতাহীনতাত যুৱপ্ৰজন্ম ভুগিব লগা হৈছে ,  সমাজৰ মানদণ্ড হেৰাই যাব ধৰিছে । গতিকে , যুৱপ্ৰজন্ম সকলে আধুনিক আৰু বৈজ্ঞানিক চিন্তাধাৰাৰ মাজতো এইক্ষেত্ৰত সচেতন হোৱাতো অত্যন্ত প্ৰয়োজন । কেৰেপ নকৰাৰ নীতিৰ বলি হৈ সমাজত বিশৃংখল সৃষ্টি  কৰাৰ পৰা বিৰত থাকিব লাগিব।
           আচল কথাটো হ'ল, সাম্প্ৰতিক সময়ত যুৱপ্ৰজন্মসকলে নিজকে দায়িত্বশীল হিচাপে গঢ়ি তুলি সমাজৰ প্ৰত্যেকটো বিষয়বস্তুৰ ওপৰত বৈজ্ঞানিক চিন্তাধাৰাৰ মাজেৰে প্ৰাসংগিকতাক হৃদয়ংগম কৰি আগবাঢ়ি যাব লাগে । তেতিয়াহে , সমাজৰ লগতে যুৱপ্ৰজন্ম সকলৰ উন্নয়ন সাধন সম্ভৱ। ইয়াৰ বাবে প্ৰয়োজন, প্ৰাসংগিক জীৱনৰ উপলব্ধি। যাৰ জৰিয়তে সমাজৰ প্ৰত্যেকটো বিষয় বস্তুৰ প্ৰাসংগিকতা আৰু অপ্ৰাসংগিকতাৰ ওপৰত বিবেচনা কৰি আগবাঢ়িব পাৰে। এই কথাক হয়তো বহুতে বিভিন্ন যুক্তিৰে নস্যাৎ  কৰিব পাৰে কিন্তু প্ৰকৃত সত্যক কোনেও অস্বীকাৰ কৰিব নোৱাৰে । সত্য সদায়েই সত্য ।  সমাজক জীয়াই ৰাখিবলৈ হলে , যুৱ প্ৰজন্মসকলক উন্নয়নৰ দিশত এখোজ আগুৱাই নিবলৈ হলে , দেশক প্ৰগতিৰ দিশত আগুৱাই নিবলৈ হলে নিজৰ চিন্তাধাৰাক সলনি কৰি এক নতুন জীৱনৰ পাতনি মেলাটো অত্যন্ত জৰুৰী হৈ পৰিছে , সেয়াই হৈছে " প্ৰাসংগিক জীৱন"।
         দেখা যায় যে  যুৱপ্ৰজন্মসকল অনৈতিক দিশত আগবাঢ়ি যোৱা বুলি সমালোচনা বহুতে কৰে , কিন্তু তাৰ সমাধাৰ প্ৰকৃত পথ দেখুওৱাই দিয়াৰ ক্ষেত্ৰত কোনো আগবাঢ়ি নাহে। মনত এটা প্ৰশ্ন হয় যে সমালোচকসকলে যুৱপ্ৰজন্মসকল সৎ দিশত আগবাঢ়ি যোৱাৰ বাবে তেওঁলোকে সামাজিক পৰিৱেশক সেইঅনুসাৰে গঢ় দিছেনে? যদি দিছে তেতিয়াহলে সমালোচনাৰ  প্ৰয়োজন ক'ত? গতিকে যুৱপ্ৰজন্মসকলক সমালোচনাৰ লক্ষ্য কৰি লোৱাতকৈ কিদৰে চীন, জাপান আদি দেশৰ দৰে যুৱপ্ৰজন্ম সকলক সঠিক দিশত ব্যৱহাৰ কৰিব পাৰি , মানৱ সম্পদ হিচাপে গঢ় তুলিব পাৰি তাৰ ওপৰতহে অধিক গুৰুত্ব আৰূপ কৰিব লাগে । তেতিয়াহে , সামগ্ৰিক উন্নয়ন সম্ভৱ। দেশৰ উন্নয়ন সম্ভৱ । কাৰণ , যুৱচাম দেশ আগবঢ়াৰ এক ইন্ধনস্বৰূপ।
         কাৰোবাক সমালোচনা কৰা নতুবা অন্তৰত আঘাত হনাৰ লক্ষ্য মোৰ নাই,  সদায়েই সমালোচনাৰ পাত্ৰ হৈ থকা যুৱপ্ৰজন্মসকল আগবাঢ়ি যোৱাকৈ আধুনিক আৰু বৈজ্ঞানিক চিন্তাধাৰাৰ মাজেৰে আমাৰ সমাজ ব্যৱস্হা গঢ়ি উঠক ,  যুৱপ্ৰজন্মৰ লগতে দেশৰো উন্নয়ন সাধন হওঁক , সেয়াহে মোৰ প্ৰধান লক্ষ্য। আধুনিক যুগৰ যুৱক হিচাপে সদায়েই প্ৰাসংগিকতা আৰু অপ্ৰাসংগিকতাৰ ওপৰত  ভিত্তি কৰি সমাজক নতুন ধৰণে চিন্তা কৰিবলৈ চেষ্টা কৰো। গতিকে, উন্নয়নৰ বাবে আমি সকলোৱে সময়োপযোগী চিন্তাৰে আগবাঢ়িব লাগিব এৰা-ধৰাৰ মাজেৰে।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

परिचय

गोर्खा दर्पण छाया

गोर्खा दर्पण छायाको उद्देश्य भारत तथा विश्व भरिनै छरियेर बसेका गोर्खा हरुको एक हुने मञ्च हो, जस्मा साहित्य, समाचार लगायत अन्य अनेको समसामयिक...